माओवादी र एमाले कार्यकर्ताबिच झडप, एमालेका दुई जना कार्यकर्ता घाइते
भिमदत्त नगरपालिका–१९ बागफाँटामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताहरुबिच वैशाख २१ गते झडप हुँदा नेकपा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन् ।
भिमदत्त नगरपालिका–१९ बागफाँटा निवासी नेकपा एमालेका कार्यकर्ता ३२ वर्षीया अन्जु चौधरी र सोही ठाउँका ४० वर्षीय राजेन्द्रप्रसाद अवस्थी रहेका छन् ।
माओवादीका कार्यकर्ताहरुले कुटपिट गर्दा अन्जु र अवस्थीको टाउँको र छातीमा चोक लागेको नेकपा एमाले कञ्चनपुर जिल्ला उपसचिव कर्णबहादुर चन्दले बताउनु भयो ।
चुनाव प्रचारप्रसारको क्रममा माओवादी केन्द्रका विरेन्द्र चन्द र रघुुविर धामी लगायतका एमाले कार्याकर्ताहरुले आफूहरुमाथि आक्रमण गरी कुटपिट गरेको आक्रमणबाट घाइते हुनु भएका राजेन्द्र अवस्थीले बताउनु भयो ।
कुटपिट घटनामा संलग्नहरुलाई कार्वाहीको माग राखेर बागफाँटा प्रहरी चौकीमा उजुरी दिएको एमालेका उपसचिव चन्दले बताउनु भयो ।
कुटपिटबाट घाइते भएकाहरुको महाकाली अस्पतालमा प्राथमिक उपचार भइरहेको भएपनि चौधरीको टाउकोमा चोट लागेकोले उहाँलाई धनगढी रिफर गर्ने तयारी भइरहेको छ ।
बागफाँटामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुको र्याली भइरहेको अवस्थामा एमालेका कार्यकर्ता पुगेपछि विबाद उत्पन्न भएर झडप भएको बागफाँटा प्रहरी चौकीका इन्चार्ज विरेन्द्र पुजाराले बताउनु भयो ।
घटनामा संलग्न दुबै पक्षले प्रहरीमा उजुरी दिएकोले दुबै पक्षलाई बोलाएर छलफल गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्र शाहीले बताउनु भयो ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, दैनिकी कष्टकर
बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ । ३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।…
जनशक्ति अभावले उपचारमा समस्या
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र…