माओवादी र एमाले कार्यकर्ताबीच झडप, एक जना घाइते
गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा ०७९ वैशाख २९ गते नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बीच झडप भएको छ ।
झडपमा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार ४० वर्षीय यमबहादुर कार्की (भूपाल) घाइते हुनुभएको छ ।
कार्की सहितको माआवादी टोली र एमालेका ३५ वर्षीय रवीन सुनुवार नेतृत्वको टोली बीच झडप भएको थियो ।
टाउकोमा चोट लागेका घाइतेलाई स्थानीय रस्नालु अस्पतमा प्राथमिक उपचारपछि ट्रमा सेन्टर काठमाडौँमा थप उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो ।
घटना बारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
नबराज पथिक
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…