कांग्रेस कार्यकर्तालाई माओवादी नेता र प्रहरीद्वारा कुटपिट भएको पीडित पक्षको आरोप
सामान्य विवादमा फिदिम नपा–१२ का नेपाली कांग्रेसका कार्यकर्ता २५ वर्षीय मनबहादुर न्यौपानेलाई जेठ ८ गते नेकपा माओवादी केन्द्रको वडा कमिटीका अध्यक्ष मनुकमार राई र प्रहरी चौकी नाङ्गिनका सई गणेशप्रसाद लुईटेलले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
रातको समयमा राईले कुटपिट गरेको र घटनापछि आइपुगेका सई लुईटेलले समेत कुटपिट गरेको पीडितको आरोप छ ।
शरीरका विभिन्न अङ्गमा निलडाम देखिएका पीडितको जेठ ९ गते फिदिम स्थित पाथिभरा अस्पतालमा प्राथमिक उपचार गरिएको छ ।
थप उपचारका लागि झापाको विर्तामोडस्थित कञ्चनजङ्घा अस्पताल पठाइएको पाथिभरा अस्पतालले जनाएको छ ।
घटनाको विषयमा नेपाली कांग्रेस फिदिम नगरपालिकाको १२ नं. वडा समितिले जेठ १० गते संलग्नलाई कानुनी कारबाहीको माग गरेको छ ।
घटनामा सामान्य विवाद भएको र आफूहरूले पीडितलाई कुटपिट नगरेको आरोपितद्वयले बताएका छन् । घटनाका विषयमा प्रहरीमा उजुरी भने परेको छैन ।
मङ्गल बेघा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…