माओवादी नेता बोल्दाबोल्दै ढुङ्गा प्रहार, कार्यक्रममा उर्जामन्त्रीले सम्वोधन गर्न पाएनन्
एकीकृत नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य डिलाराम आचार्यले संविधान संशोधन प्रस्ताव ठिक भएकोले अर्घाखाँची जिल्लालाई ५ नं. प्रदेशबाट टुक्र्याउँदा केही फरक पर्दैन भन्ने अभिव्यक्ति दिएको भन्दै कार्यक्रममा उपस्थित नागरिकले उनी बोलिरहेको बेला स्टेजमा ढु्ङ्गामुढा प्रहार गरे ।
पुस २८ गतेबाट सुरू भएको अर्घाखाँची महोत्सव मेलाको उद्घाटन कार्यक्रममा आचार्य बोलिरहेको बेला नागरिकले ढुङ्गा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । स्थिति तनावग्रस्त भएपछि नेपाल सरकारका उर्जा मन्त्री जनार्दन शर्मा मेलालाई सम्वोधन नगरी काठमाडौँ फर्किए ।
आचार्यको अभिव्याक्तिपछि आक्रोशित भएका नागरिकको ढुङ्गा प्रहारबाट पत्रकार प्रेम खडका सामान्य घाइते भए । निधारमा सामान्य चोट लागेपछि उनको उपचार जिल्ला अस्पतालमा भएको पीडित खडकाले बताए ।
बिहान हेलिकप्टर चार्टर गरेर मेलालाई सम्वोधन गर्न आएका उर्जामन्त्री जनार्दन शर्माले बिहान पत्रकार सम्मेलनमा 'अर्घाखाँचीका जनतालई पोखरा पुग्नको लागि सुरूङ्मार्ग बनाउने' बताएपछि यहाँका नागरिक आक्रोशित भएका थिए ।
माओवादी नेता आचार्यको अभिव्यक्तिपछि नागरिक आक्रेाशित हुँदै उनका विरूद्धमा नाराबाजी गरे । अन्तिममा आचार्यले सबैसँग आफ्नो अभिव्याक्तिले जनताको भावनामा चोट पुगेको र उक्त अभिव्याक्ति फिर्ता लिइ माफी मागेपछि वातावरण शान्त भएको थियो ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…