माओवादी केन्द्र र काङ्ग्रेस कार्यकर्ताबीच झडप
चौरजहारी नपा-१२ मा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच झडप भएको छ ।
स्थानीय तहको चुनाव प्रचार प्रसारको विषयमा विवाद हुँदा दुई पार्टीका कार्यकर्ताबिच झडप भएको प्रहरी चौकी सर्केनाले जनाएको छ ।
झडपमा काङ्ग्रेसका कार्यकर्ता चौरजहारी नपा-१२ का ४० वर्षीय भीमबहादुर ओली गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गहिरो चोट लागेको प्रहरीको भनाइ छ ।
पीडित ओलीको उपचार चौरजहारी मिसन अस्पतालमा भइरहेको काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार अविर देवकोटाले जानकारी दिए । उनी आधारभूत विद्यालय जुम्लिपोखरीका प्रद्यानाध्यापकसमेत रहेका छन् ।
झडपमा माओवादी र काङ्ग्रेसका अन्य कार्यकर्ता सामान्य घाइते भएका छन् । झपमा संलग्न भएको भन्दै माओवादी केन्द्रका दुई जना कार्यकर्तालाई गिरफ्तार गरिएको प्रहरी चौकी सर्केनाका इञ्चार्ज पूर्णबहादुर थापाले जानकारी दिए ।
चुनावी प्रचार प्रसारमा खटिएका आफ्ना कार्यकर्तालाई काङ्ग्रेसका कार्यकर्ताले हातपात गरेपछि झडप भएको माओवादीले दावी गरेको छ । चुनावी घरदैलोमा खटिएका माओवादी केन्द्रका कार्यकर्ता दीपा सार्कीलगायतलाई काङ्ग्रेस कार्यकर्ता भीमबहादुर ओलीलगायतका व्यक्तिले हातपात गरी कपडा च्यातिदिएपछि झडप भएको माओवादी केन्द्रका तर्फबाट १२ नम्बर वडाका अध्यक्ष पदका उम्मेदवार टिकाराम ओलीको दावी छ ।
आदर्श केसी
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…