माओवादी केन्द्रका कार्यकर्ताद्वारा एमालेका कार्यकर्तालाई कुटपिट
नेकपा एमालेका कार्यकर्ता ताँजाकोट गाउँपालिका–२ मैला गाउँका ३० वर्षीय नरेन्द्र बुढा, २७ वर्षीया भावना बुढा र १८ वर्षीय मानबहादुर बुढालाई नेकपा माओवादी केन्द्रका कार्यकर्ता सोही गाउँपालिका–१ काणा गाउँका २७ वर्षीय राजबहादुर खड्का र २० वर्षीय सरजन खड्काले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
आफ्नै घरमा बसिरहेको अवस्थामा कात्तिक १८ गते नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटि अध्यक्ष विमला केसीको नेतृत्वमा आएको टोलीले नरेन्द्रको मोटर साइकललाई तोडफोड गरेपछि कुटपिट समेत गरेको नरेन्द्रका बुवा अजमल बुढाले आरोप लगाउनु भएको हो ।
बुढाका अनुसार घाइते तीनै जनाको टाउकोमा चोट लागेको र घाइतेको सोही गाउँपालिकाको सुमन मेडिकलमा उपचार भइरहेको छ ।
छप्रेला प्रहरी चौकीका प्रहरी जवान टिकाराम तिमिल्सिनाले आरोपित पक्षले भाडामा लगेको गाडी नरेन्द्रको घर अगाडी राख्ने क्रममा सामान्य धकेलपकल हुँदा विवाद सुरू भएको हो कुटपिट नभएको बताउनु भयो । पीडित पक्षले कात्तिक १८ गते प्रहरी चौकीमा उजुरी गरेकाले छलफलका लागि असई खगेन्द्र सुनारको टोली कात्तिक १९ गते घटनास्थलतर्फ गएको बताउनु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…