माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता घाइते
मालारानी गाउँपालिका-८ का २७ वर्षीय कृष्ण पाण्डेलाई माओवादी केन्द्रका कार्यकर्ताले सामूहिक आक्रमण गरी घाइते बनाएको आरोपमा पीडितले जेठ १६ गते प्रहरीमा उजुरी दिएका छन् ।
नेकपा एमालेका कार्यकर्ता पाण्डेले आफूलाई सोही ठाउँका २५ वर्षीय धार्मिक अर्याल, २६ वर्षीय श्याम थापा र २५ वर्षीय निराजन अर्यालको समूहले जेठ १५ गते दिउँसो आक्रमण गरेको उजुरीमा उल्लेख गरेका छन् ।
पीडित पाण्डे आफ्नो घरबाट सन्धिखर्कतर्फ आउँदै गर्दा मालारानी-८ स्थित बामरुकमा स्थानीय तहको निर्वाचनको विषय र एमालेको राजनीति गरेको विषयलाई लिएर माओवादी केन्द्रका कार्यकर्ताले निर्घात कुटपिट गरेको एमालेका जिल्ला सचिव रामबहादुर चौहानले जानकारी दिए ।
सामान्य विवाद भएपछि माओवादी केन्द्रका कार्यकर्ताबाट हातपात भएको भन्ने बुझिएको माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुरकुमार विकले बताए ।
पीडित पाण्डे अनेरास्ववियुका जिल्ला स्तरका नेता हुन् । उनी जिल्लाका स्थानीय मिडिया र बुटवलको लुम्बिनी टेलिभिजनमा समेत कार्यरत छन् ।
घटनाको विरोधमा नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारीले जेठ १५ गते विज्ञप्ति जारी गरी घटनाको विरोध गर्दै घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन् ।
आक्रमणमा संलग्न व्यक्तिहरूलाई प्रहरीले तत्काल गिरफ्तार गरेपनि उनीहरूलाई छोडिदिएको एमाले पक्षको आरोप छ ।
जिल्ला प्रहरी कार्यलयका डिएसपी एकनारायण कोइरालाले भने घटनाका संलग्न आरोपितहरू फरार रहेको र खोजतलासका लागि प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् ।
नाक, र टाउकोमा चोट लागेका पाण्डेको अर्घाखाँची जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा पठाइएको छ ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१…
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३…
बलात्कार गरेको कसुरमा कैदको फैसला
७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ । न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ८ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८…