माओवादी केन्द्रका उम्मेदवार चढेको गाडीमा गोली प्रहार
माओवादी केन्द्रका नेता एवम् रोल्पाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार वर्षमान पुन 'अनन्त' चढेको गाडीलाई लक्षित गरी अज्ञात समूहले कात्तिक २६ गते दुईखोली गाउँपालिका-३ स्थित तेवरी खोलामा गोली प्रहार गरेको छ ।
उक्त घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुदर्शन पन्थले बताए । घटनामा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको संलग्नता हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको इन्स्पेक्टर पन्थले जानकारी दिए ।
यसैगरी निर्वाचन प्रचारप्रसारका क्रममा रहेका वर्षमान पुनलगायतका नेता चढेको गाडीलाई लक्षित गरी कात्तिक २५ गते अज्ञात समूहले माडी गाउँपालिका-१ मा एम्बुस विष्फोट गराएको थियो । गोली प्रहार र एम्बुस विष्फोट घटनाको जिम्मेवारी हालसम्म कसैले लिएका छैनन् ।
विस्फोटबाट नेता पुन चढेको गाडी र सुरक्षाकर्मीको गाडीमा सामान्य क्षति पुगेको छ । नेता पुन चढेको गाडी कटे लगत्तै एम्बुस विष्फोट भएको थियो । विष्फोट गराउने अज्ञात समूहलाई लक्षित गरी पुनका सुरक्षाकर्मीले १५ राउण्ड गोली प्रहार गरेका थिए । पुनसँगै गाडीमा प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार जयपुरी घर्ती, क्षेत्र नं. २ का प्रदेशसभा सदस्य उम्मेदवार दीपेन्द्र पुन पनि थिए ।
यस्तै एमाले पोलिट्ब्युरो सदस्य गोकुल घर्ती, एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्ती चढेको गाडी भने केही पछि रहेको अध्यक्ष घर्तीले जानकारी दिए । उनीहरू सबै दुईखोली गाउँपालिकाको राङ्सीमा आयोजित चुनावी कार्यक्रममा जाँदै थिए ।
एम्बुस विष्फोटपछि त्यसक्षेत्रमा सुरक्षाकर्मीले चेकजाँच बढाएका छन् । घटनापछि नेता पुनले उम्मेदवारको सुरक्षा र समग्र निर्वाचनमा शान्ति सुरक्षाको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेका छन् । उक्त घटनाको घोर भत्सर्ना गर्दै अपराधिक क्रियाकलाप तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई समेत उनले आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको बन्दले जिल्लाको जनजीवन प्रभावित
गिरफ्तार भएका आफ्ना जिल्ला नेताको बिना शर्त रिहाइको माग गर्दै नेपाल कम्युनिष्ट पार्टीले गरेको रोल्पा बन्दले कात्तिक २७ गते जनजीवन प्रभावित बनेको छ ।
चुनाव विरोधी गतिविधि गरेको आरोपमा कात्तिक २२ गते गिरफ्तार परेका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी 'प्रयास' र इञ्चार्ज दलबहादुर खत्री 'जागृति' को बिना शर्त रिहाइको माग गर्दै आह्वान गरेको बन्दका कारण बिहानैदेखि बजार, शिक्षण संस्था, यातायात, कलकारखाना ठप्प रहेका छन् । यातायातका साधन सञ्चालन हुन नसक्दा जिल्ला बाहिरिने तथा भित्रिने नागरिकहरू अलपत्र परेका छन् भने विद्यार्थीहरूको पठनपाठनमासमेत असर परेको छ ।
माधवकुमार ओली
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…