माओवादी कार्यकर्ताले सुराकीको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी
धनकुटाको कुरूलेतेनुपा घर भइ इटहरी उमनपा-५ बस्दै आएका २८ वर्षीय पत्रकार जीवन फुयाललाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले सुराकीको आरोप लगाउँदै भदौ १० गते राति कुटपिट गरेको भन्दै न्यायको मागसहित इलाका प्रहरी कार्यालय इटहरीमा भदौ ११ गते उजुरी दिएका छन् ।
इटहरी उमनपा-४ हलगडाको एक होटलमा खानखान पुगेका पत्रकार फुयाललाई राति साढे ८ बजे उक्त पार्टीका कार्यकर्ता दिपक विष्टसहित तीन जनाको समूहले सुराकीको आरोप लगाउँदै र एनसेलको टावरमा गरेको आक्रमणको समाचार नबनाएको भन्दै कुटपिट गरेको पीडितले बताए ।
'म कहिलेकाँही त्यो होटलमा खाना खान्थें । हिजो पनि खाना खान गएका बेला तीनजनाको समूहले सोधपुछ गर्यो । मैले आफ्नो परिचय दिएँ । त्यसपछि उनीहरूले मलाई बाहिर बोलाएर सुराकी भन्दै कुटपिट गरे । मसँग भएको क्यामेरा पनि फुटाइदिए ।'-उनले भने ।
विप्लव समूहका इटहरी इञ्चार्ज रामप्रसाद राईले भने पार्टीको निर्देशनमा कुटपिट नभएको बताए । कुटपिटमा संलग्न दिपकलाई पार्टीले सङ्खुवासभामा जिम्मेवारी तोकिदिए पनि इटहरीमा डेरा लिएर बस्दै आएकोसमेत राईले बताए ।
इटहरीबाट समय आवाज नामक पत्रिका प्रकाशन गर्दै आएका जीवनले घटनामा संलग्नलाई कारबाहिको माग गरेका छन् ।
जीवनको स्वास्थ्य उपचार प्राथमिक स्वास्थ्य केन्द्र इटहरीमा गरिएको छ । घटनालाई गम्भीर रूपमा लिँदै आरोपितहरूको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय इहटरीका डिएसपी नरेशराज सुवेदीले बताए ।
शेखर ढकाल
सम्बन्धित समाचारहरू
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…
बालकको मृत्यु शंकास्पद भन्दै आफन्तद्वारा कारबाहीको माग
वीरेन्द्रनगर नगरपालिका– ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा आठ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले दोषीलाई कारबाहीको माग गरेका छन् । स्कुलको घण्टाघर नजिककै…