माओवादी कार्यकर्ताको आक्रमणमा एमाले कार्यकर्ता गम्भीर घाइते

  ०७९ वैशाख २८ गते

सिद्धलेक  गाउँपालिका–५ बाघबचछला नजिकैँ नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताले आक्रमण गर्दा नेकपा एमालेका एक जना कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

सिद्धलेकमा नेकपा एमालेले वैशाख २७ गते आयोजना गरेको निर्वाचन प्रचार/प्रसारको कार्यक्रम सकेर मोटरसाइकलमा घर जाँदै गरेका सिद्धलेक गाउँपालिका–५ निवासी एमाले कार्यकर्ता २६ वर्षीय राकेश श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताले आक्रमण गरेका थिए ।

माओवादी कार्यकर्ताले फलामको रड र ढुङ्गामुढाले आक्रमण गर्दा घाइते भएका श्रेष्ठको मलेखु स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको छ ।

घटनामा श्रेष्ठ सवार रहेको सहित तीन ओटा मोटरसाइकलमा क्षति पुगेको छ ।

नेकपा (माओवादी केन्द्र)का नेता बुद्ध गुरुङको नेतृत्वमा घटना भएकोले आरोपितहरू विरुद्ध वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिने नेकपा एमाले जिल्ला सचिव अर्जुन श्रेष्ठले बताउनुभयो ।

rakesh shrestha siddhalek


सीताराम अधिकारी