माउण्टेण्ट हेलिकप्टरका तीनजना टेक्निसियनमाथि कुटपिट
सिमकोटका लागि कर्णाली कोरिडोरको सलिसल्लाबाट खाद्यन्न ढुवानी गर्दै आएको नाइन एन एक केभी कलसाइनको फिस्टेल हेलिकोप्टरमा टेक्निसियनका रुपमा काम गर्दै आएका सर्केगाड गाउँपालिका–७ रोडिकोटका २८ वर्षीय धनराज शाही, सोलुखम्वु जिल्ला दुधकुण्ड नपा–७ का पूर्ण तामाङ्ग र बाँके जिल्ला घरभई हुम्लामा बस्दै आएका २९ वर्षीय हरि घर्तीलाई सर्केगाड गाउँपालिकाको सलिसल्ला सडकमा स्थानीय यातायात समितिमा काम गर्ने सर्केगाड गाउँपालिका–५ गोठीका ३३ वर्षीय सोभन शाही, सोही ठाउँका २५ वर्षीय भरत मल्ल, २४ वर्षीय दिर्घ सिंह र चंखेली गाउँपालिका–४ पिप्लाङ्गका २६ वर्षीय गणेश शाहीले असार ३१ गते कुटपिट गरेका छन ।
हेलिकोप्टरको नियमित काम सकेर बेलुका बासस्थानतर्फ जाँदै गरेको अवस्थामा सर्केगाड र चंखेली गाउँपालिकको बीचमा रहेको सलिसल्लाको सडकमा स्थानीय यातायात समितिमा काम गर्ने चारजनाले कुटपिट गरेपछि घटनामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै असार ३२ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएको हेलिकप्टरका टेक्निसियन पूर्ण तामाङ्गले जानकारी दिनु भएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले चारै जनालाई असार ३२ गते गिरफ्तार गरेको छ ।
पूर्ण तामाङ्गका अनुसार हामी काम सकेर १५ मिनेटको दुरीमा रहेको क्याम्पमा जाँदै थियौँ, बाटोमा हाम्रो अनुमति विना किन बाइक चढेको भन्दै आक्रोसित भएर हामीमाथि अचानक झम्टेर कुटपिट गरेका हुन् । कुटपिटबाट देखिने घाउ नभएपनि शरीर धेरै दुखेको तामाङ्गले दावी गर्नु भयो ।
सिमकोटको लागि चामल ढुवानी गर्दै आएको हेलिकप्टरका प्राविधिकले ग्राउण्डको काम र फ्यूलिङ्ग लगायतको काम गर्दै आएका कर्मचारीलाई राती बाटोमा कुटपिट गरेको घटनामा संलग्न चारजनालाई पीडितको उजुरीका आधारमा गिरफ्तार गरिएको डीएसपी कृष्णराज ओझाले जानकारी दिनु भएको छ ।
कुटपिटबाट घाइते भएका तीनै जनाको असार ३२ गते स्वास्थ्य कार्यालय, हुम्लामा उपचार भएको स्वास्थ्य कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताउनु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…