माइतिघर धर्नाबाट सिंहदरबार दक्षिण गेट पुगेका आरती साहका बुबाआमासहित २२ जना गिरफ्तार
दाइजोको निहुँमा आरती साहको हत्या गरेको आरोपसहित घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै ०८० असार १ गतेदेखि माइतिघरमा रिले अनशन बसिरहेका र साउन २९ गते सिंहदरबार दक्षिण गेट पुगेका ४७ वर्षीय विनोदप्रसाद साहसहित २२ जनालाई प्रहरीले ०८० साउन २९ गते सिंहदरबारको दक्षिण गेटबाटै गिरफ्तार गरेको छ ।
माइतिघरमा ६० दिनदेखि रिले अनशन बसिरहेका मृतक आरतीका आफन्तहरू सरकारले आफ्ना माग नसुनेपछि समर्थकहरूसहित सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुग्नुभएको थियो ।
प्रहरी गिरफ्तारीमा पर्नेहरूमा विनोदप्रसाद साह, निर्मला देवी साह, मनिषा साह, प्रेम साह, प्रभात कुमार लहेरा, विक्रान्त ठाकुर, पुरुषोत्तम महतो, जयप्रकाश यादव, विकास यादव, अफजल शेख, गौतम उत्कर्ष, आकाश महतो, शिव यादव, चुणामणि यादव, राजु कुमार महतो, माधव भूमिहार, तिलक साह, राहुल यादव, धिरेन्द्र यादव, राजु साह, रमेश यादव र दिपेश सर्राफ रहनुभएको छ ।
गिरफ्तारीमा परेकाहरूलाई प्रहरी वृत्त, सिंहदरबारमा तीन घण्टा राखेर छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी कुमोद ढुङ्गेलले इन्सेकलाई जानकारी दिनुभयो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मुसिकोट नपा–५, रुकुम पश्चिमका ३० वर्षीय मिलन वनलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले…
स्वास्थ्यकर्मीको लापरबाहीका कारण सीताको मृत्युभएको परिवारको आरोप
मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण ज्यान गएको परिवारजनको आरोप छ । ०८१ फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उहाँको शल्यक्रिया बिगारेको कारण महिलाको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–७, हर्नेयाका १९ वर्षीय शिव मल्लाहलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते यौन दुर्व्यवहार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…