महोत्तरी जिल्ला अस्पतालमा औषधि अभाव
महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा अत्यावश्यक औषधिको अभाव भएको छ । सिटामोल, मेट्रोन, एमोक्सिसिलिन, सिप्रोफलोक्सासिनलगायतका ज्वरो तथा झाडापखाला नियन्त्रणका लागि अति आवश्यक पर्ने औषधि तथा एन्टीबायोटिकजस्ता औषधिको अभाव भएको अस्पतालका प्रमुख डा. राजिव झाले बताए ।
अस्पतालको तथ्याङ्क अनुसार दैनिक १ सय ५० देखि १ सय ७० जना बिरामी सेवा लिन आउने गरेका छन् । पहिलो चौमासिकमा आउनु पर्ने औषधि नआएकोले अभाव भएको डा. झाले बताए ।
झाडापखालाका कारण उपचार गराउन आएकी रतौली–३ की मनिषा ठाकुरले मेट्रोन डीएफको पुर्जा देखाउँदै भनिन्– ‘निःशुल्क पाउनु पर्ने औषधिसमेत पसलबाट किन्नु भनेको छ ।’
जिल्ला स्वास्थ्य प्रमुख मनिष पाण्डेयले अत्यावश्यक औषधि नपुग रहेकाले औषधिको व्यवस्थापनमा आफू लागेको र सक्दो चाँडो पूर्ति गरिसक्ने बताए ।
सरकारले जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि उपलब्ध गराउने भनेपनि सो हुन सकेको छैन ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
समाचारको प्रभावः कोथपेका स्थानीयलाई आउजाउ गर्न र्याफ्टिङ
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपेको माझी बस्तीका स्थानीयले सुनकोशी तर्न ट्युबको प्रयोग गरेको समाचार इन्सेक अनलाइनलगायतका…
भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्ली !
जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्लीमा परेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकारण व्यवस्थापन प्राधिकारणले पोर्टलमा अपुरो विवरण प्रविष्ट हुँदा…
द्वन्द्वले प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान हुँदै
बाँसगढी नगरपालिकाले सुरुवात गरेको द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान कार्य सकारात्मक भएको द्वन्द्वपीडित बाँसगढी नगरपालिका–६ की ४५ वर्षीय शारदा थारुको भनाइ रहेको छ । द्वन्द्वकालमा सरकारसँग…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
चुरे गाउँपालिका–६ मल्लोढुङ्गेनीकी ४७ वर्षीया हिरादेवी चुनारालाई ०८१ असोज २५ गते विहान बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति डम्बर चुनारालाई असोज २५ गते गिरफ्तार गरेको छ…
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…