महोत्तरीको असहाय परिवारलाई मधेसी कोरिया समाजद्वारा आर्थिक सहयोग
पशुपतिनगर-४ का ज्येष्ठ नागरिक दम्पतीले उपचार सहयोगका लागि पहल गरिदिन इन्सेकका महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहसँग गरेको आग्रह अनुसार इन्सेक अनलाइनमा कात्तिक ३० गते 'उपचार सहयोगको लागि पहल गरिदिन इन्सेक समक्ष आग्रह' शीर्षकमा समाचार प्रकाशित गरेपछि मधेसी कोरिया समाजले आर्थिक सहयोग गरेको छ ।
मधेसी कोरिया समाजले पुस १० गते उक्त परिवारजनलाई आर्थिक सहयोग प्रदान गरेका हो । पशुपतिनगर-४ का ६७ वर्षीय रामबहादुर महतो, उनकी पत्नी मनतोरिया देवी र छोरा दुखी वर्षौँदेखि घरबारविहीन भएपछि हाल ऐलानी जग्गामा बसोबास गर्दै आएका छन् ।
परिवारका तीनै जना काम गर्न नसक्ने भएपछि साँझ बिहानको छाक टार्नसमेत समस्या हुन थालेपछि गाउँघरबाट मागेर ल्याएको रकमसमेत चोरी भएपछि महतो परिवार थप पीडित बनेको थियो ।
मधेसी कोरिया समाजका प्रतिनिधिले महतोको घरमै पुगेर पुस १० गते ३७ हजार रुपियाँ सहयोग गरेका छन् ।
समाजका कोषाध्यक्ष दिनेशकुमार महतोको नेतृत्वमा आएको टोलीले पशुपतिनगर मै सञ्चालनमा रहेको शुभकामना सहकारी बचत तथा क्रण सहकारी संस्था लि.मा ती दम्पतीको नाममा खाता खोली रकम सहयोग गरेको छ ।
सहयोग हस्तान्तरण कार्यक्रमममा पशुपतिनगरका पूर्व अध्यक्ष नथुनी महतो, मधेसी कोरिया समाजका शङ्करकुमार रौनियार, राजनीतिक दलका प्रतिनिधि सुरज सिंह, अस्थायी प्रहरी चौकी पशुपतिनगर चौलिखाका सई विएन यादव, सञ्चारकर्मी, वुद्धिजिवीलगायतको उपस्थिति रहेको थियो ।
सहयोग रकम पाएपछि असहाय मन्तोरिया देवीले आफूहरुलाई अहिलेसम्म यसरी कुनै सङ्घ संस्थाले सहयोग नगरेको बताइन् । उनले यो वर्ष गाविसबाट अपाङ्गता तथा ज्येष्ठ नागरिक भत्तासमेत अहिलेसम्म नपाएको गुनासो गरेकी छन् ।
दृष्टिविहीन ६७ वर्षीय बहादुर महतो, पत्नी ६३ वर्षीय मनतोरीता देवी महतो र ती दम्पतीका छोरा ३८ वर्षीय दुःखी महतो उपचार अभावमा पीडित भएकाले सहयोग जुटाइदिन इन्सेककर्मीसँग उनीहरूले गत कात्तिक महिनामा आग्रह गरेका थिए । बहादुरका एक मात्र छोरा दुःखी महतो जन्मजात नै अपाङ्गता छन् ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…