महिला हिंसा न्यूनीकरणमा राष्ट्रिय महिला आयोगको महत्त्वपूर्ण भूमिका छः अधिकृत अधिकारी
राष्ट्रिय महिला आयोगका प्रमुख महिला विकास अधिकृत सिता अधिकारीले महिला हिंसा न्यूनीकरणमा राष्ट्रिय महिला आयोगको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो । महिला हिंसा निवारण गर्न लाग्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । राष्ट्रिय महिला आयोगद्वारा गोसाइकुण्ड गाउँपालिकामा सञ्चालित लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रममा ०८० कात्तिक २२ गते सो कुरा बताउनु भएको हो ।
गोसाइँकुण्ड गाउँपालिकामा सञ्चालन भएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले लैङ्गिक हिंसा न्यूनीकरण विषयमा आधारित रहेर छलफल भएको थियो । राष्ट्रिय महिला आयोगका प्रमुख महिला विकास अधिकृत सिता अधिकारीले हिंसा न्यूनीकरणमा राष्ट्रिय महिला आयोगले भूमिका खेलेको र आगामी दिनमा पनि महत्वपुर्ण भूमिका खेल्ने बताउनु भयो ।
महिला हिंसा न्यनीकरणका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष प्रतिमा लामाले यो समाज महिला र पुरूष दुवैको समिश्रण हुन् र दुवै एकै सिक्काका दुई पाटा भएको बताउनु भयो । उहाँले देश विकासका लागि सर्व प्रथमतः शान्ति चाहिने उल्लेख गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, ‘शान्ति हुनको लागि सर्व प्रथमतः महिला हिंसा रोकिनु पर्छ र यो महिला हिंसा रोक्नको लागि सबै भन्दा पहिले हाम्रा घर घरबाट महिला हिंसा गर्दिन भनेर प्रण गर्नु पर्नेमा जोड दिनुभयो । २१ औँ शताब्दीको अन्त्य तिर पनि सधैँ झैँ महिला हिंसा बोकिरहनु, महिला हिंसाका समाचारहरू सुनिरहनु पर्दा हामी चेतनाका हिसाबले कुन स्तरमा कहाँ छौँ भन्ने कुरा छर्लङ्ग बुझनुपर्छ ।'
सचेतना कार्यक्रमहरू प्रतिनिधिमुलक ढङ्गबाट आयोजना गर्नु भन्दा पनि स्थानीय स्तरमा कार्यरत सबै निकायहरू समन्वय गरेर ग्रासरूट लेवलमा जानु पर्ने उपाध्यक्षले बताउनु भयो ।
कार्यक्रममा महिलाहरू अशिक्षाले गर्दा आफ्नो स्वतन्त्र अधिकार र अस्तित्वबाट विमुख हुनु परेको छ । अझै पनि शिक्षा र स्वास्थ्यमा छोरा सरह छोरीलाई व्यवहार गर्ने कमै मात्र छन् । यसको न्यूनीकरण घरदैलोबाटै महिला र पुरूष मिलेर गर्न सक्नुपर्ने उहाँले बताउनु भयो । हाम्रो पुरूष प्रधान समाजमा परम्परागत सोचमा अझै परिवर्तन हुन नसकेको उहाँले उक्त कार्यक्रममा उल्लेख गर्नुभयो ।
त्यसैगरी गोसाइकुण्ड गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अधिकृत ध्रुवप्रसाद लामिछानेले गाउँपालिका भित्र हुने हिंसात्मक घटनाहरू बाहिर नआउने र हिंसा न्यूनीकरणको निम्ति गाउँपालिकाले विभिन्न सचेतना मुलक कार्यक्रम गरेर प्रयास गर्ने बताउनु भयो ।
कार्यक्रममा कार्यक्रमको अध्यक्षता राष्ट्रिय महिला आयोगका सदस्य सावित्रा शर्माले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय समितिका उप प्रमुख विजय लामा, विशेष अथिति गोसाइँकुण्ड गाउँपालिका उपप्रमुख प्रतिमा लामा, प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङ, वडा अध्यक्षहरू, अधिकारकर्मीहरू र स्थानीयको सरोकारवालाहरू सहभागी थियो ।
स्थानीय सरकारले आफ्नो स्थानीय तहमा पूर्ण रूपले महिला हिंसा रोक्नको लागि हरेक वडा स्तरमा महिला हिंसा सचेतना र महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिँदै आएको बताउनु भयो । महिला माथिको हेराइमा, बोलीमा र क्रियाकलापमा हिंसा हुने गरेको भन्दै यसमा सबैले सचेतना गर्न सके महिला हिंसा न्यूनीकरण हुन सकिने उहाँले बताउनु भयो । यसको लागि अहिले संविधानमा नै विभिन्न कानुनहरूको व्यवस्था गरिसकेका छन । तसर्थ कानुनी प्रावधान तथा त्यसको दण्ड, कारबाहीहरूको बारे सबैले सामाजिक सञ्जालहरूमार्फत पनि सचेत गराउँदै जाने हो भने महिला हिंसा कम गर्न सकिने उपाध्यक्ष लामाको भनाइ छ ।
स्थानीय तहमा समानता सामाजिक समावेशीकरणसम्बन्धी तालिम आवश्यक रहेको राष्ट्रिय महिला आयोगका सदस्य सावित्रा शर्माले बताउनु भयो । पीडितलाई आत्मनिर्भरताका लागि सीप विकास तालिम सञ्चालन गर्न सिफारिस गर्ने लगायतका विषय सिफारिस र छलफलका निष्कर्षलाई महिला आयोगमा लगेर निर्णय गराएर कार्यान्वयनमा लाग्ने राष्ट्रिय महिला आयोग सदस्य शर्माले बताउनु भयो ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…