महिला सुरक्षा आवास गृह सञ्चालनमा
हिंसामा परेका महिलाहरूलाई संरक्षण गर्ने, स्वास्थ्य सेवा प्रदान गर्ने, कानुनी सेवा, आवास लगायतका सुविधा प्रदान गर्ने उद्देश्यले बैतडीको पाटनमा महिला सुरक्षा गृह सञ्चालन गरिएको छ ।
आवास गृहको मापदण्ड अनुसारका सुविधा सहित ०७३ मङ्सिर ५ गते एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले उदघाटन गरेका हुन् । सुरक्षा गृह सञ्चालनको जिम्मा उदयदेव महिला बचत तथा ऋण सहकारी संस्थालाई दिइएको छ ।
महिला तथा बालबालिका कार्यालयको समन्वय तथा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको आर्थिक सहयोगमा महिला सुरक्षा गृह सञ्चालन गरिएको हो । महिला तथा बालबालिका कार्यालय पाटन बैतडीका कार्यालय प्रमुख अनिता बुढाऐरले बताए ।
हिंसामा परेका महिलाहरूलाई संरक्षणका लागि महिला सुरक्षा गृहमा राखिने कार्यालय प्रमुख अनीता बुढा ऐरले बताइन् ।
नरी बडु
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…