महिला सुरक्षागृह प्रयोगविहीन बन्दा पीडित महिला समस्यामा
लाखौँ रकम खर्चेर तीन वर्षअघि बैतडीको सदरमुकाम गडीमा निर्माण भएको महिला सुरक्षा आवास गृह प्रयोगमा आउन नसक्दा हिंसा पीडित महिला समस्यामा परेका छन् । यसका साथै उक्त भवन पनि जीर्ण बन्दै गएको छ । हिंसामा परेका बेवारिसे महिलालाई सेवा दिन निर्माण भएको सुरक्षागृह आफैँ बेवारिसे अवस्थामा पुगेको छ ।
हिंसामा परेका महिला न्यायको लागि ग्रामीण भेगबाट सदमुकाममा आँउदा उनीहरूको आवासको लागि बनाइएको सेफ हाउस प्रयोगमा नआउँदा समस्या भएको हो । सदरमुकाम आउने पीडित महिलाले अहिले सेवा पाउन सकेका छैनन् । ग्रामीण क्षेत्रबाट हिंसामा परेका महिलाले कानुनी उपचारको लागि सदरमुकाम आउँदा समस्या खेप्नुपरेको छ ।
अन्तरपार्टी महिला सञ्जालले नगरपालिका, जिविस, केयर नेपालको समुदाय सहयोग कार्यक्रम अन्तर्गत २४ लाख रुपियाँ लगानीमा सो पाँच कोठे महिला सुरक्षा गृह भवन निर्माण गरिएको थियो । तर, आर्थिक समस्या र सरोकारवाला निकायको बेवास्ताका कारण महिला सुरक्षा गृह सञ्चालन गर्न नसकिएको महिला अधिकारकर्मी सरस्वती नेपालीले बताइन् ।
प्रयोगमा नआउँदै जीर्ण बन्न थालेको सुरक्षागृह सञ्चालनका लागि सरोकारवाला निकायसँग सहकार्य गरी पहल गर्ने अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सचिवालय सदस्य माया भट्टले बताइन् ।
गत असोजमा विशालपुरकी बेसाहारा सुत्केरी किशोरीलाई जिल्लामा आश्रय दिन नसक्दा कञ्चनपुरको महेन्द्रनगरको सुरक्षा गृहमा पठाइएको थियो । आफ्नै जिल्लामा सुरक्षा गृह हुँदासमेत पीडित महिलाहरूले आश्रय लिन अन्य जिल्लामा जानु परेको स्थानीयको गुनासो रहेको छ ।
नरी बडु
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मुसिकोट नपा–५, रुकुम पश्चिमका ३० वर्षीय मिलन वनलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले…
स्वास्थ्यकर्मीको लापरबाहीका कारण सीताको मृत्युभएको परिवारको आरोप
मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण ज्यान गएको परिवारजनको आरोप छ । ०८१ फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उहाँको शल्यक्रिया बिगारेको कारण महिलाको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–७, हर्नेयाका १९ वर्षीय शिव मल्लाहलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते यौन दुर्व्यवहार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…