महिला र बालिकामाथि कुटपिट गरेको आरोपमा राज्य मन्त्री वली गिरफ्तार

  ०७९ जेठ ३१ गते

तुलसीपुर उप–महानगरपालिका–५ की २७ वर्षीया मिना बस्नेत र पाँच वर्षीया एन्जीला बस्नेतलाई  कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या परिवार कल्याण राज्यमन्त्री तुलसीपुर उपमनपा–६ की ३१ वर्षीया बिमला वलीलाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।

पीडितहरूको घरमा पुगेकी आरोपितले जेठ ३१ गते जबरजस्ती घरभित्र पसेर कुटपिट तथा दुर्व्यवहार  गरेको भन्दै पीडितले जेठ ३१ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

लु १ झ ५३७ नम्वरको सरकारी गाडीबाट आएकी आरोपितले मिनाका पति एकराज बस्नेत खै उ सँग मेरो विवाह भइसकेको भनी धम्क्याउँदै आफू र छोरीलाई मन्त्रीले घरभित्रै पसेर कुटपिट गरेको पीडितले बताउनु भयो ।

मिना र एन्जीलाको जेठ ३१ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भएको छ ।

कुटपिट तथा दुर्व्यवहारमा सङ्लग्न राज्यमन्त्री वलीलाई कारवाहीको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय तुलसीपुर घेराउ गर्दै नाराबाजी गरेपछि प्रहरीले थप अनुसन्धानका लागि भन्दै जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय घोराही ल्याएको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेश काफ्लेले बताउनु भयो ।


जयनारायण पुन