महिला र बलबालिकाको मानव अधिकार हनन् बढ्यो

देशमा महिला र बालबालिकाको अधिकार  हनन् बढिरहेको मानव अधिकारको क्षेत्रमा कृयाशील सरोकारवालाहरुले बताएका छन्  ।

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने क्रममा मङ्सिर २४ गते हेटौँडामा सरोकारवालाहरूले यस्तो  बताएका हुन् ।

कार्यक्रममा इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमले मानव अधिकारको घोषणा पत्रमा समावेश भएका सवालहरु नि:शर्त लागुहुनुपर्ने बताउनुभयो ।

नागरिक समाज र सरकारसँग सहकार्य तथा खबरदारी गर्न इन्सेक सदा तयार रहेको उहाँले बताउनुभयो । बालबालिकाको मानव अधिकार बढी हनन् हुन थालेको र दण्डहीनता अन्त्य पहिलो माग रहेको बताउँदै नगरिकको सामाजिक सांस्कृतिक अधिकार सुनिश्चित हुनुपर्ने उहाँको भनाइ छ ।

७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा बिहान प्रभातफेरी र्‍यालीको आयोजना गरिएको थियो ।

 

All-focus

All-focus

photo20191210makawanpur4

photo20191210mmakawanpur


पुष्पराज अधिकारी