यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप जिल्ला सुनापती गाउँपालिका–५ रुपाकोट घरभई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३६ वर्षीय चमारसिंह तामाङलाई असार १५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई असार ४ गते सूर्यविनायक नगरपालिका–८ आदर्शचोकस्थित सडकमा यौन दुर्व्यवहार रहेको आरोपमा प्रहरीमा असार ७ गते उजुरी आएपछि कमलविनायकबाट गिरफ्तार गरेको महानगरीय प्रहरी वृत्त जगातीकी एसपी तारादेवी थापाले जानकारी दिनुभयो ।
गिरफ्तार आरोपितको पहिचान गराई सनाखत गरेपछि प्रहरीले पीडितसँग असार १६ गते पुनः लिखित उजुरी लिएको छ ।
यसैगरी यौन दुर्व्यवहारमा परेको भन्दै थप १२ जना महिलाले विभिन्न मितिमा आफूहरूलाई पनि बाटोमा हिँड्दै गर्दा अश्लिल गतिविधि गरेको र संवेदनशील अङ्गमा समाएर भाग्ने गरेको भन्दै आरोपित तामाङविरुद्ध असार १६ गते उजुरी दिएको प्रहरीले जनाएको छ ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…