महिला कैदीबन्दीलाई दर खुवाइयो

 

 

इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर र महिला सञ्जाल सुनसरीको संयुक्त आयोजनामा विराटनगरस्थित कारागारका महिला कैदीबन्दीलाई भदौ १७ गते तिजको दर खुवाइएको छ ।

 

महिला बन्दी गृहमा गएर ६६ जना महिलाहरूलाई दर खुवाउनुका साथै सृङ्गारका सामान र सेनेटरी प्याड प्रदान गरिएको महिला सञ्जाल सुनसरीकी अध्यक्ष लक्ष्मी गौतमले जानकारी दिइन् ।

 

दर खुवाउने कार्यक्रमकका अवसरमा पुर्वसांसद यसोधा अधिकारीले विभिन्न कारणले जेल जिवन बिताउन बाध्य भएका महिलाहरूसँग शुभकामना साटासाट गर्न र आत्मीयता बढाउन यस्ता कार्यक्रमले  प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् ।

 

इन्सेक पुर्वाञ्चल क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापाले पर्व मनाउन पाउनु सबैको अधिकार भएकोले बाहिर निस्केर तिज मनाउन नपाएका महिलाहरूसँग खुसि साटासाट गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

 


इन्दिरा भट्टराई