महिला कर्मचारी दुर्व्यवहार घटनाका आरोपित निलम्बन
अनलाइन जुम बैठकमा महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा चितवन कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि सङ्कायका डीन प्रा. जयप्रकाश दत्तलाई विश्वविद्यालयले ०७९ चैत २ गते निलम्बन गरेको छ ।
जुम बैठकमा दत्तले महिला कर्मचारीलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले जानकारी दिनुभयो ।
सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानविनका लागि समिति गठन गरिएको र छानविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका लागि दत्त निलम्बनमा रहने रेग्मीले बताउनु भयो ।
उक्त बैठकमा कृषि सङ्कायका ६३ जनाभन्दा बढी सहभागी थिए । डीन दत्तले अडियो म्यूट गरे पनि भिडियो अन नै भएको रेग्मीले बताउनु भयो ।
डीन दत्त कृषि सङ्कायको डीनको चार वर्षे पहिलो कार्यकाल पूरा गरेर थप चार वर्ष दोस्रो कार्यकालका लागि ०७७ कात्तिकमा डीन नियुक्त भएका थिए ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…