महिला आयोगको अनुरोधमा घरेलु हिंसाका आरोपित गिरफ्तार
राजविराज नपा-७ की २२ वर्षीया रश्मी खडगीको उजुरीका आधारमा उनका २७ वर्षीय पति सागर खडगीलाई सप्तरी प्रहरीले वैशाख ६ गते गिरफ्तार गरेको छ ।
राष्ट्रिय महिला आयोगको अनुरोधमा घरबाटै गिरफ्तार भएका खडगीलाई काठमाडौँस्थित आयोगको कार्यालयमा उपस्थित गराउन वैशाख ७ गते राजविराजबाट आरोपितलाई प्रहरीमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए ।
सामाजिक परम्पराअनुसार २०७३ सालमा विवाहित पीडित र आरोपितबिच घरायसी झगडा भएपछि पीडित काठमाडौँ मनपा-१९ स्थित माइतीघरमा बस्दै आएकी छिन् । पीडितले आरोपितपतिबाट दाइजो मागी मानसिक तनाव पाएको र विवाह दर्ता नबनाई दिएको आरोप लगाएकी छिन् ।
पीडितले आरोपितविरूद्ध आयोगको कार्यालयमा दिएको उजुरीका आधारमा आयोगले छलफलका लागि बारम्बार बोलाउँदा पनि आरोपित सम्पर्क गर्न नगएपछि उनलाई आयोगमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई ०७४ पुस ३० गते नै पत्राचार गरेको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
यज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
यज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको विषयमा इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का ६० वर्षीय गम्भिरे सार्कीलाई ०८१ चैत ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १५ गते बलात्कार…