महिला अपहरण पछि हत्या गरेको आरोपमा वडाअध्यक्ष सहित तीन जना कार्यकर्ता गिरफ्तार
पुथा उत्तरगंगा गाउँपालिका–११ तकसेराकी ३९ वर्षीया डुथी भनिने जुङमाँया बुढालाई अपहरण पछि हत्या गरेको आरोपमा प्रहरीले पुथाउत्तरगंगा गाउँपालिका –११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाई माओवादी केन्द्रका जिल्ला सदस्य अर्जुन बुढा र माओवादी केन्द्रबाट पुथाउत्तरगंगा गाउँपालिका – ११ का वडाध्यक्ष पदका उम्मेद्वार कुमारसिंह बुढालाई वैशाख २८ गते गिरफ्तार गरेको छ ।
चुनाव प्रचारप्रसार गर्दै घरदैलो अभियान गरिरहेको अवस्थामा वैशाख १९ गते नेकपा माओवादी र नेकपा एमालेबिच झडप भएको थियो । उक्त विवाद मिलाउन गएकी बुढालाई अपहरण गरी हत्या गरेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताउनु भयो ।
वैशाख १९ गतेदेखि सम्पर्क विहीन बुढालाई खोज्ने क्रममा वैशाख ईट गते तकसेरा गाउँदेखि चार किलोमीटर माथीको जंगलमा शव फेला परेको थियो ।
कानबाट रगत बगेको र निर्वस्त्र अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । घटना शंकास्पद भएको र घटनाको अनुसन्धान भइरहेको डिएसपी प्रकाश डाँगीले बताउनु भयो ।
पुथाउत्तरगंगा गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबिच गठबन्धन भएको र नेकपा माओवादी केन्द्रसँग पटक पटक झडप हुने गरेको थियो ।
शव पोष्टमार्टमका लागि वैशाख २७ गते लुम्बीनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका आरोपित वलीलाई इलाका प्रहरी कार्यालय,…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको छ । आरोपितले आफूलाई ०७९…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १४ गते)
जेठ १४ गते पाँच जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार १ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पीडितलाई न्याय दिने कुरामा आश्वस्त पार्छौँः एसपी घिमिरे
इलाका प्रहरी कार्यालय गरुडा हिरासतमा यातनाका कारण मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई गिरफ्तार गरी पीडितलाई न्याय दिने कुरामा जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आश्वस्त पार्नु भएको छ । इन्सेक…
कांग्रेस कार्यकर्ताको घरमा आगजनी
धनकौल गाउँपालिका–७ छतौलमा नेपाली कांग्रेसका कार्यकर्ता ४३ वर्षीय रामकैलाश भुइहारको काठको घरमा अपचरित व्यक्तिहरूको समूहले आगजनी गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लिखित उजुरी दिएको…