महिलाहरूको आधारभूत मानव अधिकार हनन् भएका छन्ः प्रजिअ
राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा रिलेक नेपाल सिन्धुलीको संयोजनमा सिन्धुलीमाढीमा दुई दिने आधारभूत मानव अधिकारसम्बन्धी तालिम सुरु भएको छ ।

कात्तिक २२ गतेदेखि सुरु भएको तालिमको उद्घाटन गर्दै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले पुरुषहरूको तुलनामा महिलाहरूको आधारभूत मानव अधिकार हनन् भएको बताए ।
उनले महिलाहरू नागरिकता, विवाह दर्ता नबनाइदिने, घरभित्र मानसिक शारीरिक यातना दिने र बालबालिकाहरूको जन्मदर्ता नबनाइदिने समस्या रहेको बताए ।
उनले अज्ञानता, चेतनाको कमी तथा गरिबीका कारणले समेत यस्ता समस्या आइरहेको हुँदा मानव अधिकार र मौलिक हकका बारेमा गाउँगाउँसम्म चेतना पुर्याउनु पर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी कार्कीले कानुनी आधारभूत प्रमाणहरू नभएका कारणले अधिकार खोज्न र न्याय पाउन नसकेको भन्दै घटनादर्ता समयमा गर्न महिलाहरू नै सचेत बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत हरि ज्ञवालीले देशको शान्ति र दिर्घकालीन विकासका लागि घर घरमा आत्मसम्मान र स्वतन्त्रताको वातावरण सृजना गर्नुपर्नेमा जोड दिए । ज्ञवालीले घरलाई राम्रो र सभ्य बनाउन सके समाज र देशमा मानव अधिकार संरक्षणको वातावरण तयार हुनेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष द्वारिका काफ्लेले नागरिकले अधिकार खोज्दा कर्तव्य बिर्सने गरेकाले त्यसो नगर्न सुझाए । उनले नेपालको संविधानले नागरिकका मौलिक हक र कर्तव्यलाई समेत समेटेको भन्दै ती कर्तव्यलाई नबिर्सन आग्रहसमेत गरे ।
रिलेक नेपाल जिल्ला शाखा सिन्धुलीका अध्यक्ष रुद्रबहादुर खड्काले मानव अधिकार संरक्षणका लागि गाउँगाउँमा स्थानीयहरू सङ्गठित हुनुपर्ने बताए ।
उक्त तालिमको सहजीकरण राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत हरि ज्ञवाली र दिपा आचार्यले गर्ने पनि खड्काले बताए । तालिममा कमलामाई नगरपालिकाका सामाजिक परिचालक, स्वयम्सेविका, वडा नागरिक मञ्चका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहेको छ ।
बिमला पाण्डे
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…