महिलामाथि दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलामाथि दुर्व्यवहार गरेको आरोपमा ३७ वर्षीय सुरेशसिंह विष्टलाई प्रहरीले गिरफ्तार गरेको छ । व्याँस गाउँपालिका-३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत विष्टलाई मङ्सिर ८ गते गिरफ्तार गरेको हो ।
गोकुलेश्वरस्थित विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी विष्टले स्थानीय महिलामाथि दुर्व्यवहार गरेको पीडितले आरोप लगाएको छ ।
मतदान केन्द्रमा खटिएका विष्टले राती बास बसेको ठाउँमा महिलामाथि दुर्व्यवहार गरेको भन्दै स्थानीयबासीले प्रहरी चौकी सुनसेरामा उजुरी दिएपछि विष्टलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।
पीडित पक्षको निवेदनका आधारमा सहायक मतदान अधिकृत विष्टलाई गिरफ्तार गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको शाहीले बताए । पीडित पक्षलाई समेत जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ ।
निर्वाचनका लागि खटिएका सहायक मतदान अधिकृत थुनिएपछि उक्त केन्द्रमा नयाँ कर्मचारी पठाइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश राजेन्द्र नेपालले जानकारी दिए ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा मनसुनजन्य विपदका कारण चार अर्ब बढीको नोक्सान, १८ ओटा सामुदायिक विद्यालय भवनमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा वडाध्यक्षका लागि उपनिर्वाचन हुने
सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा वडाध्यक्षका लागि ०८१ मङ्सिर १६ गते नै उपनिर्वाचन हुने भएको छ । बैदेशिक रोजगारीमा जानु भएका सिकैचाका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि सिकैचामा…
आर्थिक अभावले उपचार नपाएका बोहराको चार वर्षदेखि गोठमा बास
घरको आर्थिक अवस्था निकै कमजोर भएर उपचार हुन नसकेका सिमकोट गाउँपालिका–२, ठेहे गाउँका २७ वर्षीय नरेन्द्र बोहरा विगत चार वर्षदेखि गोठमा बस्न बाध्य हुनुभएको छ । आँखा नदेख्ने र हिँड्डुल…
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भइ कैदीबन्दीले समस्या भोग्नु परेको छ । कारागारमा कैदीबन्दीका लागि आवश्यक पर्ने…
कोशी प्रदेशका विभिन्न जिल्लामा पानीका मुहान सुक्दै जान थालेपछि बसाईसराइमा वृद्धि
कोशी प्रदेशका तराईसहित पहाडी जिल्लामा पानीका मुहान सुक्नुका साथै वातारणीय सन्तुलनमा समेत समस्या हुन थालेको छ । कोशी प्रदेशमा फैलिएर रहेको चुरे क्षेत्रमा प्राकृतिक दोहनका कारण जलवायु परिर्वतनका रूपमा तम्मर…