महिलाको हत्या घटनाका ११ जना आरोपितविरुद्ध उजुरी दर्ता
खाँडादेवी गाउँपालिका–३ भिरपानी सित्खामा ५५ वर्षीया बिबा माझीको हत्या गरेको आरोपमा ११ जनाविरुद्ध ०७९ असोज ११ गते पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
पीडित महिलालाई असोज ९ गते चामलको हानी, कुटपिट समेत गरेर हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई नै गिरफ्तार गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी राजकुमार थिङले बताउनु भयो ।
हत्याको घटनामा संलग्न भएको आरोपमा खाँडादेवी गाउँपालिका–३ भिरपानी सित्खाका ३७ वर्षीय शिवबहादुर माझी, ४० वर्षीया राधिका माझी, १७ वर्षीया सपना माझी, १९ वर्षीय भरत माझी, २० वर्षीय सुरज माझी, १६ वर्षीया सविना माझी, १९ वर्षीया मनीषा माझी, १६ वर्षीय बालक, २६ वर्षीय धनबहादुर माझी र १९ वर्षीय राजेश माझी विरुद्ध ०७९ असोज ११ गते कर्तव्य ज्यानको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
पीडितका आफन्त पदमलाल माझीले दिएको किटानी जाहेरीको आधारमा गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको डीएसपी थिङले जानकारी दिनुभयो ।
माझी समुदायले पितृले अराएको भन्दै ५५ वर्षीय बिबा माझीलाई चामलको छर्राले हान्ने, लछारपछार गर्ने, थिच्नुका साथै कुटपिट गरेर हत्या गरेको पीडितका आफन्तको आरोप छ ।
सोह्र श्राद्धको समयमा ०७९ असोज ५ गतेबाट सुरु भएको माझी समुदायको पितृ कार्य श्राद्ध असोज ७ गते सकिएको भए पनि असोज ९ गतेसम्म केही युवा युवती काम्न नछाडेपछि बिबा र उहाँकी आमा ७० वर्षीया सुनमाया माझी बोक्सी भएको कारण पितृले नछाडेको भदै स्थानीय माझी समुदायले उहाँहरूको घरमा गएर चामलको छर्रा हान्ने र लछारपछार गर्ने गरेका थिए ।
गाउँलेहरूको आक्रमणबाट बिबाको घटनास्थलमा नै ज्यान गएको थियो भने सुनमया गम्भीर घाइते हुनुभएको छ । उहाँको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।
बिबाको शवको सूक्ष्म परीक्षणको लागि असोज ११ गते मेडिकल शिक्षण अस्पताल दुवाकोट पठाएको छ ।
घटनामा संलग्न भएको आशंकामा २३ जनालाई प्रहरी नियन्त्रणमा लिई सोधपुछ गरेको थिाये । ती मध्ये ११ जना विरुद्ध किटानी जाहेरी दर्ता भएकोले हिरासतमा राखी अनुसन्धान सुरु भएको डिएसपी थिङले बाउनुभयो । अन्य १२ जनालाई भने प्रहरीले सादा तारेखमा छाडेको छ ।
नवराज घिमिरे
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…