महिलाको शव फेला, पति फरार

सुन्दरहरैँचा नगरपालिका-५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको हत्याको गरेको आरोप लागेका ५० वर्षीय पति पदमबहादुर तामाङ फरार भएको प्रहरीले जनाएको छ ।

मनमायाको शव ०८१ वैशाख २० गते घरभित्र अर्धनग्न र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेको थियो ।

घरायसी विवादका क्रममा पदमबहादुरले ०८१ वैशाख १९ गते राति पत्नीको कुटपिट गरी हत्या गरेर आफू फरार भएको घटनाको प्रकृतिले देखाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनु भयो ।

सुत्ने कोठाको खाटमा अर्धनग्न र शरीरभरी चोट लागेको अवस्थामा आमाको शव देखेपछि प्रहरीलाई खबर गरेको मृतककी छोरीले बताउनु भयो ।

आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राखिएको छ ।


विनोद सुवेदी