महिलाका सवाल सम्बोधन गर्न प्रशासनमा १२ बुँदे ज्ञापनपत्र पेश

  ०७८ फागुन २४ गते

१ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई फागुन २३ गते १२ बुँदे ज्ञापनपत्र बुझाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक), मानव अधिकार संरक्षण केन्द्र सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, ओरेक, मुक्ति नेपाल, दलित जनकल्याण युवा क्लब, समग्र जनउत्थान केन्द्र, अपाङ्ग पुनस्र्थापना केन्द्र, एम्नेष्टिी इन्टरनेशनल, आप्रवासी हकहित सञ्जाललगायत सङ्घसंस्थाले सिरहाका प्रमुख जिल्ला अधिकारी कवारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेपालमा श्रमिक महिलाहरूको श्रमिक महिलाको पहुँच, जीवन बीमालगायतका विषय उठाइएको छ ।

सिरहा जिल्लामा श्रमिक र श्रमिक महिलाहरूका सवालमा स्थानीय तह र प्रशासनिक निकायबाट तत्काल सम्बोधन गर्न सकिने सवालहरूलाई सम्बोधन गर्न स्थानीय तहहरुमा समेत कार्यान्वयनका लागि पहल गरी दिन माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले इन्सेकलगायतका सङ्घसंस्थाले समयानुकूल माग राखी ज्ञापनपत्र बुझाएको बताउँदै तत्काल सम्भव हुने सबै खाले मागहरू पुरा गर्न पहल गर्ने र स्थानीय तहहरूमा पत्राचार गर्ने प्रतिबद्धता जनाउनु भयो ।

photo20220308siraha (2)

photo20220308siraha (1)


दुर्गा परियार