महिनावारी भएको समयमा महिलाहरु ओडार र चौरमा बस्न बाध्य
महिनावारी भएको समयमा साइपाल गाउँपालिकाका अधिकांश महिलाहरु ओडार र चौरमा टेण्ट टाँगेर बस्न बाध्य भएका छन् ।
गाउँपालिकाले पालिकाभित्र रहेका छाउगोठ भत्काएको भएपनि धार्मिक अन्धविश्वास र पुनारत मान्यताका कारण महिनावारी भएको समयमा महिलाहरुलाई घर भित्र बस्न नदिएपछि ओडार र चौरमा बस्न बाध्य भएका हुन् ।
महिनावारी भएको समयमा महिलाहरुलाई घर भित्र बस्न नदिने, दही,दुध खान नदिने प्रचलनका कारण गाउँपालिकाले छाउगोठ भत्काएका भएपनि समस्या समाधान हुन नसकेको स्थानीय अगुवा महिला प्रेमा लामाले बताउनु भयो ।
गाउँपालिकाले छाउगोठ भत्काएको भएपनि परिवारकका सदस्यले देवता रिसाउछन भनेर महिनावारी भएका महिलालाई घर भित्र बस्न नदिएको स्थानीय उजली बोहोराले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘छाउगोठ बनाएर बसे गाउँपालिकाले भत्काउने गरेको छ । देवता रिसाउँछन् भनेर परिवारका सदस्यले घरभित्र बस्न दिदैनन् । महिनावारी भएका बेलामा महिलाले झन सास्ती भोग्नु परेको छ ।’
गाउँपालिकाले छाउगोठ भत्काउने अभियान सुरु गरेपनि महिलालाई झनै समस्या थपिदै गएको स्थानीय तिलक बिकले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘‘छाउगोठ भत्काएर मात्रै समस्या समाधान नहुँदो रहेछ । नागरिकहरुको चेतनास्तरमा बृद्धि गर्न आवश्यक छ । गाउँपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्छ ।’’
धार्मिक अन्धविश्वास, अशिक्षा र चेतनाको अभावका कारण छाउपडी कुप्रथाको निर्मुलिकरण गर्न समस्या भएको साईपाल गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जसही रोकायाले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘गाउँपालिकाले छाउपडी कुप्रथा अन्त्यका लागि अभियान नै चलाउँदै आएको छ । छाउगोठ नै भत्काइएका छन् । यो अभियानबाट केही सुधार आएको छ । तर, यस प्रथाको अन्त्य भने हुन सकेको छैन् ।’
बिगतको तुलनामा धेरै सुधार आएको भएपनि गाउँमा साना र साघुरा घर हुनुले महिनावारी भएको समयमा घरभित्र बस्न समस्या भएको साईपाल गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष धनन्जय बोहराले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘छाउपडी कुप्रथा उन्मूलन गर्न गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । तर, धार्मिक अन्धविवास र अशिक्षाका कारण यसको अन्त्य गर्न सकिएको छैन् ।’
साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले छाउपडी कुप्रथाको अन्त्यका लागि छाउगोठ भत्काउने अभियान सञ्चालन गर्नुको साथै चेतनामूलक कार्यक्रम पनि गाउँपालिकाले सञ्चालन गर्दै आएको बताउनु भयो ।
उहाँले भन्नु भयो–‘बिगतको तुलनामा सुधार आएको छ । धेरै घरहरुमा महिनावरी भएको समयमा महिलाहरु घरभित्रै बस्ने गरेका छन् । यस कुप्रथाको अन्त्य नभएसम्म गाउँपालिकाले आफ्ना गतिबिधिहरु सञ्चालन गर्दै जाने छ ।’
साइपाल गाउँपालिकाको धुलीमा बसोबास गर्ने लामा र तामाङ समुदायका महिलाहरु भने महिनावारी भएको समयमा घरभित्रै बस्ने गरेको भएपनि अन्य समुदायका महिलाहरु भने अहिले पनि छाउगोठ, ओडार र खुला चौरमा टेण्ट लगाएर बस्ने गरेका छन् ।
रमेश केसी
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…