महाराजगञ्ज नगरपालिकामा मतदान जारी

  ०७९ जेठ ३ गते

महाराजगञ्ज नगरपालिकाको वैशाख ३० गते स्थगित भएको निर्वाचन जेठ ३ गते बिहान ७ बजेदेखि सुरू भएको छ ।

उक्त नगरपालिकामा  २३ मतदान स्थलमा ४३ केन्द्रबाट मतदान प्रक्रिया जारी रहेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाले बताउनु भयो ।

उक्त नगरपालिकामा नेपाली कांग्रेसबाट उप प्रमुख पदकी उम्मेदवार शुभावती कुर्मीको वैशाख २६ गते मृत्यु भए पछि निर्वाचन स्थगित भएको थियो ।

मृतककी  बुहारी २८ वर्षीया रिताकुमारी कुर्मीलाई उम्मेदवार पदकालागि वैशाख २८ गते मनोनयन दर्ता गरिएको थियो ।

नगरपालिकामा ३२ हजार ३ सय २१ मतदाता रहेका छन् जसमा महिला १३ हजार ९ सय १४ जना र पुरुष १८ हजार ४ सय ८ जना रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानुराम पन्थीले बताउनु भयो ।


पार्वती आचार्य