महाभियोग प्रस्ताव, लोकतान्त्रिक एवम् न्यायिक इतिहासमा एक दुखद् एवम् निन्दनीय क्षणः निगरानी समिति
जवाफदेहीता निगरानी समितिले वैशाख १९ गते प्रेस विज्ञप्ति प्रकाशन गर्दै नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका सांसदहरूले संसदमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्घ माहाभियोग प्रस्ताव दर्ता गरेको घटना मुलुकको लोकतान्त्रिक एवम् न्यायिक इतिहासमा एक दुखद् एवम् निन्दनीय क्षण भएको जनाएको छ । 'यस घटनाप्रति जवाफदेहीता निगरानी समिति घोर आपत्ति प्रकट गर्दै खेद व्यक्त गर्दछ ।'-विज्ञप्तिमा भनिएको छ ।
'यस माहाभियोग प्रस्तावबाट नेपालको स्वतन्त्र न्यायपालिकाको आत्मामाथि प्रहार भएको ठहर निगरानी समितिको छ । कुनै ठोस आधार नभई दर्ता भएको यो प्रस्तावले न्यायपालिकाको सर्वोच्चतामा कुठाराघात भएको छ । न्यायमुर्तिहरूलाई तर्साएर संस्थाको स्वतन्त्रता एवम् निश्पक्षता माथि आँच पुर्याउने कार्य यसबाट भएको छ ।'- विज्ञप्तिमा उल्लेख छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…