महाकुलुङ गाउँपालिकामा २ सय विद्यार्थी अचानक बिरामी
महाकुलुङ गाउँपालिका-२ बुङस्थित पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत २ सय भन्दा बढी बालबालिका अचानक एकैसाथ बिरामी भएपछि महाकुलुङ गाउँपालिकाबासी त्रसित बनेका छन् ।
माघ १ गते एक/दुई जनालाई सामान्य रूघाखोकीको लक्षण देखिएपनि माघ २ गतेसम्ममा २ सय भन्दा बढी बालबालिका प्रभावित भएपछि अभिभावकहरू त्रसित बनेका हुन् ।
प्राथमिक स्वास्थ्य केन्द्र सोताङबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले स्वइन फ्लु हुन सक्ने आशङ्का गरेको छ ।
बालबालिकाहरूमा उच्च ज्वरो आउने, छाति पोल्ने, बान्ता हुने, टाउको दुख्ने, जस्ता लक्षण देखिएको हुनाले स्वइन फ्लु हुन सक्ने टोलीमा खटिएका डाक्टर सण्डु शेर्पाले बताए ।
बिरामीहरूलाई औषधि उपचार गर्दा स्वास्थ्य अवस्थामा खासै सुधार नभएपछि समस्या बढ्दै गएको डा. शेर्पाले बताए ।
अहिले बिरामीहरूको उपचारका लागि डा. शेर्पाको नेतृत्वमा ल्याब असिष्टेण्ट भक्ति फडेरा, अनमी दीपा शेर्पा, पशी शेर्पा, कार्यालय सहयोगी कमल बस्नेत र बुङ स्वास्थ्य चौकीबाट अहेब खेमराज बस्नेत, अनमी मनकुमारी राई गरी आठ जनाको टोली खटिरहेको छ ।
बिरामीको अवस्थाको बारेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जिल्ला स्वास्थ्य कार्यालयमार्फत जानकारी गराइएको भन्दै माघ ५ गतेसम्म स्वास्थ्यकर्मीको टोली आएर स्याम्पल कलेक्शन गर्ने डा. शेर्पाले बताए ।
४ सय २२ जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा बिरामीको सङ्ख्यामा न्यून होस् भन्ने हेतुले माघ ८ गतेसम्मका लागि विद्यलाय बन्द गराएको प्रधानाध्यापक टङ्कबहादुर दाहालले बताए ।
पासाङ बम्जन तामाङ
सम्बन्धित समाचारहरू
बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय…
बलात्कार घटनाकाे कसुरमा १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…