महाकाली प्रदेशिक अस्पतालमा रेविज खोपको अभाव, रेविज प्रभावितहरु समस्यामा
महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा निःशुल्क रुपमा पाइने रेविज खोपको अभाव भएपछि त्यस क्षेत्रका बिरामी तथा रेविज सङ्क्रमितहरु समस्यामा परेका छन् ।
महाकाली प्रादेशिक अस्पतालमा रेविज खोपको अभाव भएपछि आफूहरुले सास्ती खेप्नु परेको रेविज रोग प्रभावितहरुले गुनासो गर्नु भएको छ ।
महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क पाइने रेविज खोपको अभाव हुँदा आफू लगायत रेविज रोगबाट प्रभावित भएका व्यक्तिहरुले नीजि अस्पताल वा स्वास्थ्य किल्निकबाट महंगोमा किन्न बाध्य हुनुपरेको रेविज संक्रमणबाट पीडित हुनुभएको भिमदत्त नगरपालिका–१८ गोबरैयाकी ४५ वर्षीया कलावती चन्दले गुनासो गर्नु भयो ।
ज्यालामजदुरी गरेर जिविका चलाई रहेको अवस्थामा पतिलाई रेविज सङ्क्रमण देखिएपछि निःशुल्क पाइने खोप नीजि अस्पतालबाट महंगोमा किन्नु पर्ने बाध्यता रहेको भिमदत्त नगरपालिका–१९ की सुनिता सुनारले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘ज्यालामजदुरी गरेर दैनिकी चलाउँछु । अस्पतालमा निःशुल्क पाइने खोप बजारमा ६ सय ३६ पर्ने गर्दछ । हामी जस्ता आर्थिक अवस्था कमजोर भएका परिवारलाई खोप किन्ननै समस्या भएको छ । खोप नलगाउँदा पतिको ज्यान जोखिममा छ । खोप किन्न समस्या भएको छ ।’
बजारमाबाट किनेर ल्याएको रेविजको खोप दुई पटक वा दुई जनालाई लगाउन मिल्ने भए पनि फ्रिजमा राख्न समस्या भएकोले आर्थिक अवस्था कमजोर भएका पीडित परिवारलाई थप समस्या उत्पन्न भएको अधिकारकर्मी भगवती थापाले बताउनु भयो ।सरकारले निःशुल्क उपलब्ध गराउनु पर्ने खोप प्रदेशिक अस्पतालमा नपाउनु दुखद भएको उहाँले बताउनु भयो ।
महाकाली प्रादेशिक अस्पतालका जनस्वास्थ्य निरीक्षक गौरीदत्त जोशीले ०८० असार २० गते खोप सकिएको र साउन पहिलो साता केही मात्रामा खोप आएको भए पनि सेवाग्राहीको बढ्दो चापका कारण रेविज खोपको अभाव भएको बताउनु भयो ।
कुकुरले टोकेर रेविजको खोप लगाउन दैनिक १५ देखि २० जनासम्म सेवाग्राही आउने गरेका र प्रदेशिक अस्पतालमा खोप अभाव भएपछि सेवाग्राहीले नीजि अस्पतालबाट महंगोमा किनरे ल्याएको खोप लगाई दिनेगरेको जनस्वास्थ्य निरीक्षक जोशीको भनाइ छ । साथै, खोप सकिएको सम्बन्धमा केन्द्रमा जानकारी गराइएको र केही दिनभित्रै महाकालि प्रदेशिक अस्पतालमा खोपको अभाव नहुँने समेत उहाँले बताउनु भयो ।
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण भट्ट (किरण)ले सुदूरपश्चिम प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रले केहि दिन पहिले रेविज खोप पठाए पनि अहिले पुनः खोपको अभाव भएकोले यससम्बन्धमा जानकारी लिने कार्यभइरहेको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरका अध्यक्ष कृष्ण भट्ट (किरण)ले बताउनु भयो ।
नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था गरिएको भएता पनि स्थानीयहरुले आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनुपरेको छ ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको छुः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई न्यायको अनुभूति हुनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन पहल गरिरहेको बताउनुभएको छ । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्सिर २४ गते…
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…