महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्न आग्रह गर्दै हस्ताक्षर सङ्कलन
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्न सम्पूर्ण सांसदलाई आग्रह गर्दै कात्तिक ८ गते पोखरामा हस्ताक्षर सङ्कलन गरिएको छ ।
शान्तिका लागि नागरिक समाजको सञ्जालको आयोजनामा सभागृहचोकमा हस्ताक्षर सङ्कलन गरिएको हो । सञ्जालका संयोजक ढाकाराम पौडेलले विधिको शासन भन्दा पनि दलीय भागबण्डाका आधारमा नियुक्त कार्कीले समानान्तर शासन चलाउन लागेको र नागरिकका अधिकार पहुँचवालामा सीमित गरेको हुँदा कार्कीको विरोधमा उत्रनुपरेको बताए ।
महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष जानकी शर्माले लोकतन्त्र स्थापित भइसकेपछि पनि दलीय भागबण्डाका कारण खराब आचरण भएका व्यक्तिहरू सत्तामा पुग्दा जनताले सास्ती भोग्नुपरेको बताइन् । शर्माले हरेक नागरिकले आफ्नो अधिकारको बारेमा सचेत हुनुपर्ने आवश्यकता रहेको बताइन् ।
हस्ताक्षर सङ्कलन कार्यक्रममा मानव अधिकारकर्मी टेकनाथ बरालले लोकतन्त्र र विधिको शासन स्थापना गर्नका लागि सबै नागरिक एकजुट हुनुपर्ने बताउँदै सो हुन नसके प्राप्त उपलब्धि गुम्न सक्नेमा सचेत हुन आह्वान गरे ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय, पोखरा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…