महाअभियोग प्रस्तावका पक्षमा मतदान गर्न आग्रह गर्दै सङ्कलित हस्ताक्षर संसदमा पठाइयो
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा पेश गरिएको महाअभियोग प्रस्तावका पक्षमा मतदान गर्न सांसदलाई आग्रह गर्दै कास्कीमा सङ्कलित हस्ताक्षर कात्तिक २३ गते व्यवथापिका संसदमा पठाइएको छ ।
जिल्ला प्रशासन कार्यलय पोखरामा एक कार्यक्रममा शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका अध्यक्ष ढाकाराम पौडेलले सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीलाई सो हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले सङ्कलित हस्ताक्षरलाई आफूले सम्बन्धित निकायसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
ध्यानाकर्षण पत्रमा कार्कीले संवैधानिक क्षेत्राधिकार उल्लङ्घन गर्नु लोकतान्त्रिक मुल्य र मान्यता विपरित भएकाले महाअभियोग प्रस्तावको समर्थन गर्न र विधिको शासन अनुरुप मुलुकलाई अघि बढाउन सबै सांसदलाई आग्रह गरिएको कुरा उल्लेख गरिएको छ ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखरा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…