मर्मत नगर्दा जिल्ला अस्पताल एक वर्षदेखि एम्बुलेन्स विहीन
जिल्लाको एकमात्र सुविधा सम्पन्न स्वास्थ्य संस्था जिल्ला अस्पताल पर्वत एक वर्षदेखि एम्बुलेन्स सेवा विहीन बनेको छ । अस्पतालमा सञ्चालनमा रहेको एउटा एम्बुलेन्स मर्मत हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् ।
६ वर्षअगाडि खरिद गरिएको एम्वुलेन्स बिग्रिएपछि एक वर्षदेखि मर्मतका लागि पोखरामा लगेर छाडिएको अस्पतालले जनाएको छ । पोखरास्थित एक वर्कशपमा राखिएको एम्बुलेन्स मर्मतका लागि ५ लाख रुपियाँ खर्च लाग्ने जनाइएको भएपनि मर्मतका लागि कुनै निकायले रकमको व्यवस्था नगर्दा मर्मत नभएको जिल्ला स्वास्थ्य कार्यालय, पर्वतका जनस्वास्थ्य अधिकृत सजिना महर्जनले जानकारी दिइन् ।
'कुश्मा नगरपालिका, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा पटकपटक पत्र पठाएपनि मर्मत रकमको लागि बेवास्ता गरेको छ ।'-महर्जनले भनिन् । उनले मर्मत नभएर एम्बुलेन्स थन्किँदा दैनिक आउने र रिफर गर्नुपर्ने बिरामी मर्कामा परेको बताइन् ।
अस्पतालमा अहिले दैनिक ५० देखि १ सयको हाराहारीमा बिरामी आउने गरेका छन् । बिरामीहरूलाई यहाँ सम्भव नभएमा जिल्ला बाहिर पठाउनुपर्ने अवस्था छ तर एम्बुलेन्स सेवा नहुँदा समस्या भएको छ ।
पोखरा र बागलुङ रिफर गर्नुपर्ने बिरामीहरूलाई भाडाका ट्याक्सीमा पठाउनुपर्ने बाध्यता रहेको महर्जनले बताइन् । जिल्ला अस्पतालमा पर्वत जिल्ला सहित बागलुङका जैमिनी नगरपालिका, बागलुङ नगरपालिकालगायतका बासिन्दाले पनि सेवा लिने गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी पर्वत शाखामा रहेको एम्बुलेन्सका चालकको समस्या भोग्दै आएको छ । लामो समयदेखि एम्बुलेन्स चालक विदेशमा गएको र चालक फर्किएपछि मात्रै एम्बुलेन्स सञ्चालनमा आउने रेडक्रसका कार्यालय प्रमुख ख्याम क्षेत्रीले बताए ।
जिल्लामा क्रियाशील पुन युवा क्लबले देउसी भैलो खेलेर सञ्चालनमा ल्याएको एम्बुलेन्सले भने अहिले ग्रामीण क्षेत्रका बिरामीहरूलाई सेवा दिइरहेको छ ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…