मर्चवारी गाउँपालिकामा दलित महिला उम्मेदवारको मृत्यु, निर्वाचन कार्यक्रम स्थगित

  ०७९ वैशाख १९ गते

मर्चवारी गाउँपालिका–३ का नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराउनु भएकी  दलित महिला उम्मेदवार कुसुमी पासीनको वैशाख १७ गते मृत्यु भएको छ । मृत्य पछि निर्वाचन कार्यालयले निर्वाचनका सबै कार्यक्रम स्थगित गरेको छ ।

निर्वाचन कार्यालयले सूचना जारी गरेर निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृत सरोज कुमार पोखरेलले  बताउनु भयो ।

दलित महिला सदस्यको मृत्यु भएको खबर वैशाख १८ गते नेकपा एमालेका मर्चवारी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार कमलेश यादवले दिएको बताउदै मनोनयन पत्र दाखिला भई उम्मेदवारहरूको अन्तिम नामावलीमा नाम प्रकाशित भएपछि कुसुमी पासिनको मृत्यु भएकोले वैशाख १८ गते सबै काम स्थगित गरिएको पोखरेलले बताउनुभयो ।

घटनाका विषयमा जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले जुन दलको उम्मेदवारको मृत्यु भएको हो सोही दललाई उम्मेदवारी मनोनयन दर्ताको अवसर दिइन्छ र निर्धारित समयमै निर्वाचन सम्पन गरिने बताउनु भयो ।


रीमा बिसी