मन्दिर छोएको आरोपमा एक ग्राम सुन र दुई हजार रुपियाँ जरिबाना
रिलु गाविस -८ द्वारीमा लागेको हरेलो मेलामा सोही ठाउँका ३९ वर्षीय लालबहादुर आग्रीलाई मन्दिर छोएको आरोपमा भदौ २० गते उनीसँग भएको एक ग्राम सुनसहित दुई हजार रुपियाँ जरिबाना भराइएको छ ।
आग्री भक्तजनहरूका लागि प्रसाद पकाउँदै गरेको ठाउँ र कालिका देवीको मन्दिरमा प्रवेश गरेको आरोपमा जरिबाना भराइएको स्थानीय लालबहादुर बोहोराले बताए ।
दलितले परम्परागत सामाजिक मुल्य मान्यता अनुसार मन्दिर छोए राम्रो नहुने भएकाले आग्रीले आफ्नो इच्छा अनुसार देवतालाई दण्ड तिरेको बोहोराको भनाइ छ । प्रत्येक वर्षभदौ १९ गतेदेखि रिलु गाविसको कालिका मन्दिरमा यो मेला लाग्ने गर्दछ ।
संविधानमा जातीय भेदभाव गरिए दण्ड सजाय हुने स्पष्ट व्यवस्था भएपनि त्यस विपरित आग्रीलाई एक आना सुनसहित २ हजार रुपियाँ नगद दण्ड तिराइएको छ । यो समाचार तयार पार्दासम्म यस विषयमा प्रशासनले कुनै हस्तक्षेप गरेको छैन ।
प्रकाश विक
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…