मन्दिरमा विभेद गरेको आरोपमा उजुरी दर्ता
धनगढी उपमनपा-४ बस्ने ४० वर्षीय हिक्मत दर्जीलाई धनगढी बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा भजनकिर्तनमा सहभागी हुन जाँदा पुजारी १००८ स्वामी देवराज आचार्यले अभद्र व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् ।
आफूमाथि भदौ ४ गते नै छुवाछुतको व्यवहार गर्दै भजनकिर्तनमा सहभागी हुन नदिएको भएपनि आफूले असुरक्षित महसुस गरी भदौ १२ गते मात्रै जिल्ला प्रहरी कार्यलय, धनगढीमा उजुरी दर्ता गरेको बताए ।
पीडित दर्जीले सो घटनापछि अपमानित महसुस भएको भन्दै न्यायका लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको बताए ।
सोही घटनाको बारेमा भदौ १३ गते जिल्ला प्रशासन कार्यलय, कैलालीमा पीडित र अरोपित दुवै पक्षबीच छलफल गरिएको भएपनि कुनै निर्णय भने भएन । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सो घटनाको बारेमा थप छलफल गरेर निश्कर्ष निकालिने बताए ।
सो घटनामा आफुहरूको ध्यानाकर्षण भएको जनाउँदै कैलालीमा राष्ट्रिय दलित नेटवर्क, एनएनडिएसडब्लुओ लगायतका दलित अधिकारमा क्रियाशील विभिन्न सङ्घसंस्थाहरूले पीडितको न्यायका लागि भदौ १२ गते विज्ञप्तिसमेत जारी गरेका छन् ।
सुमित्रा भट्टराई
सम्बन्धित समाचारहरू
पत्नी र सासूलाई जलाएर हत्या प्रयासको आरोप, आरोपित फरार !
भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला देवी सदा र प्रमिलाकी ६५ वर्षीया आमा रेशमादेवी सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय शङ्कर सदाले साउन २१ गते राति जलाएर हत्याको प्रयास गरेको…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वेलबारी नगरपालिका–२ का २५ वर्षीय विजय तोलाङ्गीविरूद्ध साउन २१ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितले ०७९ साउन १८ गते केरावारी गाउँपालिका–२…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…