मन्दिरभित्र प्रवेश गरेको आरोपमा दलितलाई ५ हजार रुपियाँ जरिबाना

रामेछापको बेताली गाविस३ का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिर भित्र पसेको आरोपमा सोही ठाउँका पुजारी छत्रबहादुर बुढाथोकीलगायतले ५ हजार रुपियाँ जरिबाना तिराएका छन् ।

सेरकाली मन्दिरमा पसेको भन्दै माघ २२ गते मन्दिरका पुजारी बुढाथोकीलगायतका कथित माथिल्लो जातिका मानिसहरूले मन्दिर चोख्याउन भन्दै मन्दिरमा रुद्री लगाएर ५ हजार रुपियाँ जरिबाना तिराएका हुन् ।

मन्दिरमा कथित दलित पसेको भन्दै पूजारी लगायतका स्थानीयले मन्दिरमा तत्काल चोख्याउन भन्दै रुद्री लगाएपछि मात्रै अरुलाई पूजा गर्न लगाएको बेताली गाविसका प्राविधिक सहायक बावुराम घिमिरेले बताए ।

पीडितले मन्दिर जस्तो ठाउँमा आफूमाथि नराम्रो व्यवहार भएको भन्दै यसका विरुद्ध प्रहरी चौकी बेतालीमा माघ २३ गते उजुरी दिएको दलित अधिकारकर्मी लेखबहादुर बिश्वकर्माले बताए ।


नवराज पथिक