मन्त्रीकै उपस्थितिमा मतदातालाई पैसा बाँडेको आरोप
निर्वाचन आचारसंहिता विपरित काङ्ग्रेसको सभामा भाषण गर्दै काङ्ग्रेस उम्मेदवारलाई भोट मागेका वनमन्त्री शङ्कर भण्डारीले आफ्नै उपस्थितिमा वैशाख २५ गते भानु नगरपालिका-१ सालबिस्नेमा मतदातालाई पैसा बाँडेको आरोप लागेको छ ।
निर्वाचन आचारसंहिता लत्याउँदै वनमन्त्री भण्डारीले सालबिस्नेका मतदातालाई प्रभावित पार्न पैसा बाँडेको भन्दै स्थानीयले विरोध गरेका छन् ।
पैसा बाँडिएको खबर थाहा पाउने बित्तिकै स्थानीय जनताले विरोध गरेका थिए । स्थानीयको विरोधपछि मन्त्री भण्डारी त्यहाँबाट अन्यत्रै लागेको स्थानीयको भनाइ छ ।
मतदातालाई पैसा बाँडेको सूचना आएपछि एमाले, माओवादी केन्द्रलगायत स्थानीय नेता र कार्यकर्ता तत्कालै पुगेर विरोध जनाउनुका साथै स्थानीयले घेरा हालेपछि मन्त्री तत्कालै त्यहाँबाट अन्यत्रै लागेको उनीहरूको भनाइ छ ।
भानु नगरपालिकामा काङ्ग्रेसबाट मेयर पदमा उदयराज गौली र उपमेयर आशा थापा उम्मेदवार छन् । मन्त्री भण्डारीको निर्वाचन क्षेत्र अन्तरगतको सो नगरपालिकामा काङ्ग्रेसका उम्मेदवारलाई जिताउन भन्दै वैशाख २४ गते आएका उनले भानु र पुर्कोटको चुनावी सभामा भाषणसमेत गरेका थिए ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि दुर्व्यवहार : इन्सेकद्वारा घटनाकाे भर्त्सना
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि जिल्ला अदालत, काठमाडौँको परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दुर्व्यवहार गरेको घटनाप्रति इन्सेकले ०८१ माघ २ गते विज्ञप्ति जारी गर्दै निन्दा तथा भर्त्सना गरेको…
अन्धविश्वासका कारण सुत्केरीहरु पोषिलो खानबाट वञ्चित !
जिल्लामा अन्धविश्वास कायमै रहेका कारण सुत्करीहरु पोषिलो खानबाट वञ्चित हुदैआएका छन् ।सुत्केरीलाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैंसीलाई रोग लाग्ने रुढीवादी परम्परा र अन्धविश्वासका कारण सुत्केरीहरु गाईभैंसीको दूध दही लगायतका…
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…