मन्त्रिपरिषद विस्तार निर्वाचन आचारसंहिता विपरीतः निर्वाचन आयोग

निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तार निर्वाचन आचारसंहिता विपरीत भएको जनाएको छ । आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता जारी भइसकेका कारण निर्वाचनको निष्पक्षतामा असर पर्न सक्ने भन्दै सरकार विस्तार आचारसंहिता विपरीत भएको जनाएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ २६ गते राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट तीन मन्त्रीलाई सरकारमा सहभागी गराएपछि आयोगले सो कुरा जनाएको हो । आयोगले भदौ २६ गते नै विज्ञप्ति जारी गरी सरकार विस्तार निर्वाचन आचारसंहिता विपरीत भएको उल्लेख गरेको छ ।

आयोगले भदौ १४ गते नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सात बुँदे निर्देशन दिँदै नेपाल सरकारबाट कुनै पनि सुविधा हुने पद तथा निकायमा राजनीतिक नियुक्ति नगर्न निर्देशन दिएको थियो ।

आयोगले मन्त्रिपरिषद् विस्तार कार्यले स्वच्छ, स्वतन्त्र र निश्पक्ष निर्वाचनमा असर पर्न सक्ने भएकाले त्यस्ता कार्य नगर्न ध्यानाकर्षणसमेत गराएको छ ।


सुभाष साह