मनोसामाजिक समस्या र न्यूनीकरणका उपायसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आमा मिलन केन्द्र र सामाजिक विकास कार्यलयको आयोजनामा मनोसामाजिक समस्या र न्यूनीकरणका उपाय तथा साइबर अपराध यसको असर र कानुनी प्रावधानसम्बन्धी अभिमुखिकरण कार्यक्रम जेठ १७ गते जनप्रिय माध्यमिक विद्यालयमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुन्दर तिवारीले सामाजिक सञ्जालबाट बढ्दो अपराध र त्यसबाट उत्पन्न हुने मानसिक समस्याका विषयमा सहजीकरण गर्नुभएको थियो ।
उहाँले विभिन्न उपहार, चिठ्ठाका प्रलोभन देखाई फेसबुक, ह्वाट्स एप, भाइबरबाट ठगी गर्ने गरेको उल्लेख गर्दै त्यस्ता प्रलोभनमा नपर्न विद्यार्थीहरुलाई आग्रह गर्नु भयो ।
सामाजिक बवकास कार्यलयका बालकृष्ण सुवेदीले सामाजिक सञ्जाल चलाउँदा निकै सचेत हुनुपर्ने बताउनु भयो ।
उहाँले पछिल्लो समय किशोर किशोरीहरूमा मनोसामाजिक समस्या बढ्दो क्रममा देखिएकाले त्यसको न्यूनीकरणका लागि सामाजिक विकास कार्यलयले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भयो ।
जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले देशको भविष्य विद्यार्थीहरूलाई वर्तमान अवस्थामा निकै महत्त्वपूर्ण मानिने मनोसामाजिक विषयलाई बुझाउने प्रयास गरिएको बताउनु भयो ।
उहाँले आगामी दिनमा विद्यालय र सामाजिक संस्थासग सहकार्य गरेर मानव अधिकारका विषयमा कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।
आमा मिलन केन्द्रकी अध्यक्ष इन्दिरा पौडेलले हिंसाबाट हुने मनोसामाजिक असरलाई कम गर्न र बच्नका लागि के कसरी लाग्न सकिन्छ भन्ने बारेमा किशोरकिशोरीलाई सचेतना कार्यक्रम देशव्यापी सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।
कोशिस नेपालका विनय पाण्डेले मनोसामाजिक समस्याबारे नागरिक स्तरमा चासो नहुँदा स्वास्थ्यमा गम्भीर असर पुगिरहेको बताउनु भयो ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले हिंसाबाट बच्न र हिंसा हुन नदिनका लागि किशोरकिशोरीहरू सचेत बन्नु पर्ने बताउनु भयो ।
सुशन घिमिरे
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…