मनोनयन दर्ता शान्तिपूर्ण, दलहरुद्वारा आाचार संहिता उल्लंघन

  ०७९ वैशाख १२ गते

आसन्न स्थानीय तह निर्वाचनकालागि लुम्बिनी प्रदेशका स्थानीय तहमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले वैशाख ११ र १२ गते गरेको मनोनयन दर्ता शान्तिपूर्ण  गरेका छन् । केही ठाँउमा भने दलहरूले  निर्वाचन आचार संहिताको उल्लङ्घन गरेको इन्सेकले गरेको अनुगमनमा पाइएको छ ।

तिलोत्तमा नगरपालिकामा निर्वाचन आचार संहिता विपरित नेपाली काग्रेसले स्थानीय तहको मनोनयन दर्ता गर्न बालबालिकाको प्रयोग गरेको पाइएको छ ।

प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार राजनीतिक दल लगातयत स्वतन्त्र उमेदवारहरूले नगर प्रमुख तथा उप– प्रमुख , गाँउपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरूले जिल्लाका नौ वटा स्थानिय तहमा शान्तिपूर्ण तरिकाबाट उम्मेदवारी  दर्ता सम्पन्न गरेका छन् । प्यूठान नगरपालिकामा गठबन्धन दलहरूको तर्फबाट माओवादी केन्द्र को नगर प्रमुख, नेपाली काग्रेसको उप– प्रमुख , तथा वडा अध्यक्ष र सदस्यहरू तथा नेकपा एमालेबाट नगर प्रमुख तथा उप– प्रमुख तथा डा अध्यक्ष र सदस्यहरुको उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत कृणबहादुर ओलीले बताउनु भयो । गौमुखि गाँउपालिका मा नेपाली काग्रेसको प्रमुख र माओवादी केन्द्रको उप– प्रमुखले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेले एकल प्रमुख तथा उप प्रमुख र वडा अध्यक्ष, सदस्य उम्मेदवारी दिएको निर्वाचन अधिकृत रामप्रसाद ज्ञवालीले बताउनु भयो । साथै जिल्लाका मल्लरानी , नौवहिनी, सरुमारानी,माण्डवी, झिमरुक र ऐरावती गाँउपालिका र स्वर्गद्धारी नगरपालिका मा पनि शान्ति पूर्ण तरिका गठबन्धनको तर्फ बाट नेपाली काग्रेस, माओवादी केन्द्र, राष्टिय जनमोर्चा ,एकिकृत समाजवादी का आ –आफना भागका उम्मेदवारी दर्ता गरेको र नेकपा एमालेले सवै स्थानिय तहमा एकल उमेदवारी दिएको मुख्य निर्वाचन अधिकृत को कार्यालयले जनाएको छ ।

बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार जिल्लाका आठ ओटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार वैशाख १२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयहरूमा विभिन्न राजनीतिक दलहरूले  प्रमुख तथा उप प्रमुखमा मनोनयन पत्र दर्ता गराएका छन् । गुलरिया नगरपालिकामा एमालेबाट प्रमुख  अमरबहादुर खड्का, उपप्रमुख  टीका  सम्सेली, नेकपा माओवादी केन्द्रबाट  प्रमुख  गेहेन्द्र  ढकाल, उपप्रमुख  इन्दिरा  सुवेदी, नेपाली कांग्रेस पार्टीबाट मुक्तिनाथ  यादव, उप प्रमुख साबित्रा गौतमले उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट सुधाकर मिश्रले प्रमुख र उप प्रमुखमा सुमित्रा चौधरीले पदका लागि मनोनय पत्र दर्ता गराउनु भएको छ । एकीकृत समाजवादीबाट प्रमुखमा वालकृष्ण ओली र उप प्रमुखमा कमला घिमिरेले मनोनयन दिनुभएको छ । स्वतन्त्रबाट दिपक बिसी, दिपिका  शर्माले पनि प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।बढैयाताल गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा लालबहादुर श्रेष्ठ, उपाध्यक्षमा लक्ष्मी अधिकारी, नेपाली काङ्ग्रेस पार्टीबाट अध्यक्षमा भगत नेपाली, उपाध्यक्षमा पवित्रा अर्याल, नेकपा माओवादि केन्द्रबाट अध्यक्षमा हिमालय त्रिपाठी, उपाध्यक्षमा कमला गुरुङ र नेकपा एकिकृत समाजवादी पार्टीबाट अध्यक्षमा कौशिल्या सिह ठकुरी र उपाध्यक्षमा डिलबहादुर के सीले उम्मेदवारी दिएका छन । बढैयाताल गाउँपालिकामा अन्य साना दलले समेत वडा तहमा उम्मेदवारी दर्ता गराएका छन ।ठाकुरबाबा नपामा नेकपा एमालेबाट घननारायण श्रेष्ठ, उपमेयरमा विना भट्टराई, नेपाल कांग्रेसबाट तिलकराम भुसाल, मञ्जुकुमारी थारु, नेकपा माओवादी केन्द्रबाट मेयरमा नेत्रराज आचार्य, उपमेरमा आशा कुमारी थारु, नेपाल किसान पार्टीबाट पवित्रा शाही, रामकुमारी थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पावर्ती लम्साल, ताराप्रसाल लम्सालले उमेदवारी दर्ता गराएका छन् । ठाकुरबाबा नगरपालिकामा अन्य साना दलले समेत वडा तहमा उम्मेदवारी दर्ता गराएका छन ।गेरुवा गाउँपलिकामा नेपाली कांग्रेस पार्टीबाट अध्यक्ष जमानसिंह केसी, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, नेकपा एमाले पार्टीबाट अध्यक्ष भरत धामी, उपाध्यक्ष मञ्जु शर्मा, नेकपा माओवादी केन्द्र पार्टीबाट अध्यक्ष विश्वराज थारू (शिशिर), उपाध्यक्ष लिला चौधरी,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष सोनापति चौधरी, उपाध्यक्ष बिक्षा शाही, नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष छेत्रपाल थारू, उपाध्यक्ष केशरी कुमारी चौधरी र तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन । गेरुवा गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी बीच वडा तहमा तालमेल गरेका छन् ।बाँसगढी नगरपालिकामा नेकपा एमालेबाट मेयर खडकबहादुर खडका, उपमेयर ईन्दिरा चौधरी, नेपाली काङ्गे्रसबाट मेयर सविन कुमार थापा, उपमेयर आकाश थारु (सोमति), नेकपा माओवादी र एकितृत समाजबादीको तर्फबाट मेयरमा भवनकुमार थारु, भुमी बिटालु, जनता समाजवादी पाटीबाट बाँसगढी नगरपालिकाको मेयरमा बिपिन पौडेलले उम्मे्दवारी दिनुभएको छ ।बारबर्दिया नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा पदम ढकाल, उपप्रमुखमा नारायण थारु, नेकपा माओवादी केन्द्र पार्टीबाट प्रमुखमा दशरथ थारु र उपप्रमुखमा शोभा थारु, नेपाली काङ्ग्रेस पार्टीबाट प्रमुखमा छविलाल थारु, उपप्रमुखमा रत्नकुमारी पाण्डेले उमेदवारी दर्ता गराएका छन् । बारबार्दिया नगरपालिकामा अन्य साना दलले समेत वडा तहमा उमेदवारि दर्ता गराएका छन ।राजापुर नगरपालिकामा नेकपा माओवादी पार्टीबाट प्रमुखमा पहारी थारु, उप प्रमुखमा सावित्री शर्मा, नेपाली कांग्रेसबाट प्रमुखमा दिपकजंग शाह, उपप्रमुखमा सविता चौधरी, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा दिपेश थारु, उपप्रमुखमा मनकला थारु, राप्रपाबाट प्रमुखमा राममणी उपाध्याय, उपप्रमुख सम्झना उपाध्यायले उम्मेदवारी दिएका छन् । अन्य साना दलले पनि उमेदवारी दिएका छन् । राजापुर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट बागी उम्मेदवार परेको छ । राजापुर नगरपालिकाको उम्मेदवारी छनौटमा असन्तुष्टि जनाउँदै प्रमुखमा टंकपसाद जैसी र उप्रमुखमा निता जैसीले उम्मेदवारी दर्ता गराएका हुन् । राजापुरका सबै नौ वटा वडाहमा कांग्रेसको बागी उम्मेदवारी परेको छ ।मधुवन नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा धर्मराज थापा, उप प्रमुखमा सम्झना विक, नेपाल कांग्रेसबाट प्रमुखमा तेजबहादुर भाट, उपप्रमुखमा अनिता चौधरी, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा लक्ष्मीप्रसाद शर्मा ( आकाश), उपप्रमख सुभद्रा योगी थारुले उम्मेदवारी दिएका छन् । बर्दियाको सबै स्थानीय तहमा मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण भएको छ ।

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार इन्सेक, माहुरीहोम र महिला अधिकारकर्मी जवाफदेहिता निगरानी समितीका प्रतिनिधिको संयुक्त टोलीले स्थानीय तह निर्वाचनको मनोनयन प्रक्रियाको अनुगमन गरेको छ ।अनुगमनका क्रममा ठुला ब्यानर झण्डा मोटर साईकल , स्कारपिओ र अटो रिक्सा लगायतका साधनहरुमा झण्डा लगाइएको पाइयो ।  कृष्णनगर नगरपालिकामा र बाणगंगा नगरपालिकामा मनोनयन दर्ता गराउन दलहरू बाजा सहितको र्‍यालीको आयोजना गरेका थिए । मतदान दर्तामा आचार संहिता उल्लघंन नभएको तर दर्ता गर्न दलहरु ढिला आउँदा समयमा उम्मेदवारी दर्ता कार्य सम्पन्न हुन नसकेको निर्वाचन कार्यालयका प्रमुख ज्ञानुराम पन्थीले बताउनु भयो ।

रूपन्देही प्रतिनिधि रिमा बिसीका अनुसार स्थानीय तह निर्वाचनकालागि रुपन्देहीमा २३ सय ७७ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार जिल्लाका १६ वटा स्थानीय तहमा उक्त संख्यामा मनोनयन परेको हो । एउटा उपमहानगरपालिका, र पाँचवटा नगरपालिकामा  ४३ जनाले मेयर र उपमेयर पदमा ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी १० वटा गाउँपालिका रहेको रुपन्देहीमा अध्यक्ष पदमा ६७ जनाले र उपाध्यक्षमा ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाअध्यक्ष पदमा ५ सय ३० जना, महिला सदस्यमा ४ सय १५, दलित महिला सदस्यमा ३ सय ५४ र अन्य सदस्यमा ८ सय ७७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।उम्मेदवारी दर्ताका लागि दलहरु स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा र्‍यालीसहित पुगेका थिए ।

रोल्पा प्रतिनिधि तिलक घर्ती मगरका अनुसार स्थानीय तह निर्वाचनको लागि मानोनयन दर्ता गराउने दोस्रो दिन जिल्लाका  विभिन्न  स्थानीय तहमा उम्मेद्वारी दर्ता गराएका छन् । रोल्पाको सनुछहरी गाउँपालिकामा ६ वटा दलको मनोनयन दर्ता भएको छ । नेकपा एमाले, नेपाली काङग्रेस, नेकपा माओवादी केन्द्र ,जनता समाजवादी पार्टी,राष्ट्यि प्रजातन्त्र पार्टी, र मंगोल नेश्नल अर्गनाइजेशन पार्टीले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत दामोदर घिमिरेले जानकारी दिनुभयो । यस्तै परिवर्तन गाउँपालिकामा नेपाली काङग्रेस, नेकपा एमाले, नेकपा माओवादी, एकिकृत समाजवादी र स्वतन्त्र गरी पाँच दलले उम्मेदवारी दर्ता गराएका परिवर्तन गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत विक्रमप्रसाद पाण्डेले जानकारी दिनुभयो । दलहरु मनोनयन दर्ताकालागि ढिलो कार्यालय आएकाले मनोनयन दर्ता गर्न ढिलोभएको थवाङ गाउँपालिकाका निर्वाचन अधिकृत हेमराज तिमल्सिनाले बताउनुभयो । दलहरुले सबै डकुमेन्ट पुरा नगरेर मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय आएकाले डकुमेन्ट मिलाउदा ढिलो भएको रोल्पा नगरपालिकाका निर्वाचन अधिकृत दिलिपराज पन्तले जानकारी दिनुभयो । जिल्ला भरिको मनोनयन दर्ता हुन राती मात्र सकिने उहाँले बताउनु भयो ।

photo2022042502bankephoto2022042501bankephoto2022042501bardiya

photo2022042501rupand


इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज