मनोनयनमा उत्साहपूर्वक सहभागी हुनुहोस्- प्रमुख निर्वाचन आयुक्त यादव
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनका लागि वैशाख १९ गते हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान गरेका छन् ।
आयोगद्वारा वैशाख १८ गते आयोजित पत्रकार सम्मेलनमा उनले यस्ते अह्वान गरेको राससले जनाएको छ । पत्रकार सम्मेलनमा उनले भने-“पूर्व निर्धारित निर्वाचनका कार्यक्रममा कुनै फेरबदल नहुने भएकाले स्थानीय तहको निर्वाचनका लागि मङ्गलबार सबैको सहभागितामा हुने मनोनयन कार्यक्रमपश्चात् निर्वाचनका बारेमा उठेका शङ्का उपशङ्का र द्विविधा आफैँ हटेर जाने छन् ।”
प्रमुख आयुक्त डा. यादवले निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै उम्मेदवारलाई निर्वाचन आचारसंहिता लागू हुने भएकाले निर्वाचनको प्रचारप्रसार गर्दा आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिए ।
७ सय ४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते तीन प्रदेशका ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहका लागि निर्वाचन हुन लागेको हो ।
सरकारले स्थानीय तह निर्वाचनका लागि तीन तहको सुरक्षा व्यवस्था गरेकाले सुरक्षा योजनाको वास्तविक रुपमा कार्यान्वयन गरी सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउन प्रमुख आयुक्त यादवले सबै सुरक्षा निकायलाई पनि निर्देशन दिइसकिएको जानकारी दिए ।
उम्मेदवारी दर्ताका लागि वैशाख १९ गते बिहान १० देखि ५ बजेसम्मको समय तय गरिएको आयोगले जनाएको छ । संविधानसभाबाट बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्ने क्रममा हुन लागेको स्थानीय तहको ऐतिहासिक निर्वाचनले डेढ दशकदेखिको जनप्रतिनिधिको रिक्तताको अन्त्य गर्दै स्थानीय सरकार निर्माण गर्ने छ ।
गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट निर्वाचित हुने जनप्रतिनिधिबाट लोकतन्त्रको स्थानीय तहमै वास्तविक अभ्यास भई जनताले लोकतन्त्रको लाभको उपभोग गर्ने विश्वास आयोगले लिएको छ ।
प्रचारप्रसारको क्रममा विशेष गरी महिला, दलित र अल्पसङ्ख्यकको मानमर्यादाप्रति अलिकति पनि आँच पुग्ने कार्य आयोगलाई सह्य नहुने बताउँदै उहाँले राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारबाट आचारसंहिताको पूर्ण पालना हुने छ भन्ने आयोगले विश्वास लिएको उनको भनाइ छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १४ दिन कैद सजायको फैसला
तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-७ भाण्टाबारीका १५ वर्षीय बालकलाई १४ दिन कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८१ भदौ २३…
उपचारका क्रममा एक थुनुवाको मृत्यु
मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेलबारी नगरपालिका-४ का ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा भदौ २३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । गोडा सुन्निने र मुटु सम्बन्धी…
बलात्कार गरेको कसुरमा तीन वर्ष सजाय फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैचा नगरपालिका-६ सीतापुरी टोलका ४८ वर्षीय ज्ञानबहादुर मगरलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको ०८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका-१, ज्यामिरेका ४६ वर्षीय दुर्गाबहादुर सार्कीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कालिकोट जिल्लाको पचाल झरना गाउँपालिका–१, सिकुका २५ वर्षीय गोविन्द बोगटीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २५…