मनहरी गाउँपालिकामा जारी मतगणना अर्को सूचना नभएसम्म स्थगित
मनहरी गाउँपालिकामा जारी मतगणना कार्य अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
गाउँपालिकाको वडा नम्बर ९ को मतपेटीकालाई कपडाले नबेरेको विषयलाई लिएर ०७९ जेठ ४ गते बिहान ७ बजे विवद भएपछि निर्वाचित अधिकृतको कार्यालय मनहरीले अर्को सूचना जारी नभएसम्मको लागि गणना कार्य स्थगित गरेको हो ।
मतपेटीका कपडाले नछोपिएको अवस्थमा भेटिएपछि राजनितिक दलका प्रतिनिधिले छोपिएको अवस्थमा हुनु पर्ने भनि विवाद निकालेपछि मतगणना कार्यलाई रोकिएको मनहरी गाउँपालिका निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
मनहरीमा १ देखि ८ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको र वडा नम्बर ९ को मात्रै मतगणना बाँकी रहेको छ ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…