मनसुनजन्य प्राकृतिक विपद्ः विद्यालय भवनमा क्षति, सिङ्गो गाउँ पहिरोको जोखिममा
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन पुन असोज १० गतेदेखि सक्रिय भएपछि प्रकृतिजन्य विपद्का घटनाले विद्यालय भवन र सिङ्गो गाउँ नै पहिरोको जोमिखमा परेको छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार लालीगराँस नगरपालिका-३ मा स्थित महाकाली माध्यमिक विद्यालयको चार ओटा कोठा भएको भवनलाई पहिरोले क्षति पुर्याएको छ । ०८१ असोज १२ गते विहान परेको वर्षाले विद्यालयको भवनमा क्षति पुर्याएको हो । पहिरोका कारण विद्यालयमा पठन-पाठन गर्न जोखिम भएको विद्यालयका प्रधानाध्यापक विशाल खड्काले बताउनु भयो । पहिरोका कारण भवनमा भत्किएपछि बाल कक्षादेखि १२ सम्म सञ्चालित विद्यालयमा अध्ययनरत १ सय ५१ जना विद्यार्थी शिक्षाको अधिकारबाट वञ्चित भएको प्रधानाध्यापक लिम्बूले बताउनु भयो ।
पहिरोका कारण विद्यालय भवन भत्किएपछि विद्यार्थीको पढाइमा बाधा पुगेकोले तत्काल वैकल्पिक व्यवस्था गरी कक्षा सञ्चालन गरिने फेदाप गाँउपालिका-३ का वडाध्यक्ष वडाध्यक्ष पुरूषोत्तम तिम्सिनाले बताउनु भयो । पहिरोले भत्किएको विद्यालय भवनको स्थलगत क्षति मूल्याङ्कन, जनप्रतिनिधि र नेपाल प्रहरीको क्षति मूल्याङ्कनका आधारमा उचित सम्बोधन गर्ने प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनु भयो ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार पहिरोका कारण पाख्रिबास नगरपालिका-६ को माझ गाउँ उच्च जोखिममा परेको छ । ०८१ असोज १२ गते पहिरो जाँदा गाउँ नै उच्च जोखिममा रहेको स्थानीय आसपति तामाङले बताउनु भयो । असोज १२ गतेको वर्षापछि आएको पहिरोका कारण सिङ्गो गाउँका स्थानीय त्रसित भएका छन् । पहिरोले सिङ्गो गाउँ नै जोखिममा परेपनि बस्ती स्थानान्तरणका लागि सरकारी संयन्त्रबाट पहल हुन सकेको छैन । पहिरोका कारण १२ ओटा घर जोखिममा रहेको स्थानीय टेकबहादुर रानाले बताउनु भयो । पहिरोले विद्युतका पूर्वाधार, खानेपानीको मुहान र लगाएको बाली समेत बगाएर लगेको छ । पानी पर्न छोडेका बेला गाउँ छाडेर ज्यान जोगाएपनि सिङ्गो बस्ती भने पहिरोको उच्च जोखिममा परेको छ । पहिरोले गाउँ नै जोखिममा परेपछि सरोकारवाला निकायसँग उद्दारका लागि अनुरोध गरेपनि कहीँकतैबाट पहल नभएको पाख्रिबास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंले बताउनु भयो । वडाध्यक्षले भन्नुभयो-पहिरोले सिङ्गो गाउँ जोखिममा परेपछि सतकर्ता अपनाउन आग्रह गरिएकोछ । प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जोखिम रहेको जानकारी पाएपछि असोज १३ गते सुरक्षाकर्मीको टोलीले अनुगमन गरेको र राज्यले सकेको प्रयास गर्ने बताउनु भएको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…