मधेस प्रदेश सरकारद्वारा बालविवाहविरुद्धको दिवस मनाइयो
मधेस प्रदेश सरकार, खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा वैशाख १७ गते जनकपुरधाममा बालविवाहविरुद्धको दिवश मनाइएको छ ।
मधेस प्रदेश सरकारको मन्त्रिपरिषदले वैशाख १७ गतेका दिनलाई बालविवाहविरुद्धको दिवस मनाउन गरेको निणर्य अनुसार आज ‘छोराछोरी बराबरी, बीस पारी विहेबारी’ भन्ने मूल नाराका साथ यो दिवस मनाइएको हो ।
बालविवाह अन्त्यका लागि किशोरकिशोरी अन्तरसम्वाद, बालविवाहविरुद्धको नाटक प्रस्तुती, बालविवाह मुक्त घोषणा भएका सप्तरी जिल्लाका सुरुङ्गा र खडक नगरपालिका स्थानीय तहहरूलाई सम्मान र बालविवाहविरुद्धको अभियानमा सहयोग गर्ने विभिन्न संघसंस्थाहरूलाई कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री सुरिताकुमारी साहले प्रदेश सरकारले बालविवाह अन्त्यका लागि तार्किक कार्यढाँचा सहितको १० वर्षे रणनीतिक योजना तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको बताउनु भयो ।
कार्यक्रममा बालविवाह विरुद्धको ६ बुँदे प्रतिबद्धता पत्र जारी गरिएको छ । प्रतिबद्धता पत्रमा मधेस प्रदेश सरकारको बालविवाह अन्त्यका लागि १० वर्षे प्रादेशिक रणनीतिक योजना २०७८/०७९–२०८८/०८९ तादारुकताका साथ कार्यान्वयन गर्न गराउने र बालविवाह लगायतका हिंसा दुव्र्यवहारबाट संरक्षण गर्न, समस्याको सम्बोधन गर्न, तथा सशक्तिकरण गर्न प्रदेस सरकार तथा स्थानीय तहको कार्यक्रम र बजेट विनियोजन गर्न, गराउन लगायत उल्लेख छ ।
सन्तोषकुमार यादव
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…