मधेस प्रदेशमा स्थानीय तह उपनिर्वाचन ०८१ सम्पन्न

  ०८१ मङ्सिर १६ गते

Photo-20241201-Dhanusha-3
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४१ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढिमाई नगरपालिका–८ मा रिक्त वडाध्यक्ष पदको लागि ०८१ मङ्सिर १६ गते शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।

इन्सेक सप्तरी जिल्ला सहजकर्ता अजय परियारका अनुसार डाक्नेश्वरी नगरपालिका–१ मा २ हजार ६ सय २३ मतदाता रहेकोमा साँझ पाँच बजेसम्ममा १ हजार ८ सय ४५ मतदान भएको छ । जसमध्ये ९ सय ६५ महिला र ८ सय ८० पुरूष मतदाताले मतदान गरेका छन् । त्यसैगरी, डाक्नेश्वरी नगरपालिका वडा नं ४ मा ७ सय १ पुरुष र ६ सय १८ महिला गरी जम्मा १ हजार ३ सय १९ जना मतदातारू रहेका छन् । जसमध्ये, भुतही राष्ट्रिय प्रथमिक विद्यालयको “क” मा पुरुष तर्फ २ सय ७४, महिला तर्फ १ सय ९९ र “ख” मा पुरुष तर्फ २ सय ४१, महिला तर्फ २ सय ७२ मत खसेको छ ।

Photo-20241201-Saptri-1

Photo-20241201-Saptri-2

शान्ति र सुरक्षालाई मध्यनजर गर्दै डाक्नेश्वरी नगरपालिका–१ को रिक्त वडाध्यक्ष पदको श्री मा. वि. कबिलासा र राष्ट्रिय प्राथमिक विद्यालय, बलाटी गरी दुई ओटा मतदान स्थलमा निर्वाचन सम्पन्न भयो भने डाक्नेश्वरी नगरपालिका–४ मा राष्ट्रिय प्राथमिक विद्यालय, भुतहीमा निर्वाचन सम्पन्न भएको छ ।

इन्सेक धनुष जिल्ला प्रतिनिधि सन्तोषकुमार यादवका अनुसार धनुषाधाम नगरपालिका–१ मा रिक्त वडाध्यक्ष पदका लागि ०८१ मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ ।

रिक्त रहेको वडाध्यक्ष पदका लागि विभिन्न पार्टीका २० जनाले मनोनयनपत्र दर्ता गराएका थिए । जसमध्ये नेकपा एकीकृत समाजवादीका उम्मेदवार गोपी शाह सुँडीले नेकपा माओवादीका वडा अध्यक्षका उम्मेदवार सुनिल कुमार केबटलाई समर्थन गरेका थिए ।

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित ढङ्गमा सम्पन्न गर्नका लागि धनुषाधाम नगरपालिका–१ स्थित ठाकुरप्रसाद स्मृति प्रतिष्ठान समदायिक भवन गोविन्दपुर, गाविस भवन धनुषा गोविन्दपुर र श्री माध्यमिक विद्यालय मुंगराहा गरी तीन ओटा मतदान केन्द्रहरूमा मतदान भएको छ । वडामा ३ हजार २ सय २५ मतदाता रहेकोमा २ हजार २ सय ५८ जनाले मतदान गरेको निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो ।

ठाकुरप्रसाद स्मृति प्रतिष्ठान समुदायिक भवन गोविन्दपुर मतदान स्थल बुथ (क) का निर्वाचन अधिकृत जितेन्द्र पाण्डेका अनुसार ८ सय १२ मतदाता सङ्ख्या रहेको यस बुथमा ३ सय ६६ पुरुष र २ सय महिला गरी ५ सय ६६ मतदाताहरू मतदान गरेका छन् ।

त्यस्तै, सोही मतदान स्थल बुथ (ख) का मतदान अधिकृत हेमकुमार महतोका अनुसार ८ सय ६० मतदाता रहेको यस बुथमा ३ सय महिला र २ सय ८४ पुरुष गरी ५ सय ८४ मतदाताहरू मतदान खसालेका छन् ।

गाविस भवन धनुषा गोविन्दपुर मतदान केन्द्रका निर्वाचन अधिकृत सुनिल कुमार चौहानका अनुसार ६ सय ७५ मतदाता रहेको यस मतदान केन्द«मा २ सय ९ पुरुष र २ सय ६६ महिला गरी जम्मा ४ सय ७५ मतदान भएको छ ।

श्री मा. वि मगुराहा मतदान केन्द्रका निर्वाचन अधिकृत डम्बरप्रसाद घिमिरेका अनुसार ४ सय १ महिला र ४ सय ७७ पुरुष गरी ८ सय ७८ मतदाता रहेको यस मतदान केन्द«मा जम्मा ६ सय ३३ मतदान भएको छ ।

मतदानस्थलमा सुरक्षाका लागि मतदान स्थलभन्दा बाहिर ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो भने मतदान स्थलभित्र तीन ओटा मतदान स्थलमा जम्मा नेपाल प्रहरीबाट ३९ जना र सशस्त्र प्रहरीबाट ३० जना सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो ।

निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले धनुषाधामको तीन ओटौ मतदान स्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याई सर्वपक्षीय बैठक सम्पन्न भएको छ र आज राति सात बजेदेखि मतगणना सुरु हुने जानकारी दिनुभयो ।

Photo-20241201-Dhanusha-6

Photo-20241201-Dhanusha-5

Photo-20241201-Dhanusha-4

इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि ममता विश्वकर्माका अनुसार रामगोपालपुर नगरपालिका–२ मा रिक्त रहेको वडा अध्यक्ष पदको लागि आज भएको उपनिर्वाचनमा मतदान शान्तिपूर्ण सम्पन्न भएको छ । बिहान ७ बजेर १५ मिनेटबाट सुरु भएको मतदानमा ५ बजेसम्ममा १ हजार ५ सय १४ मत खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिनुभयो ।

रामगोपालपुर नगरपालिका वडा नं. २ मोहनपुरस्थित नेपाल राष्ट्रिय जनता आधारभुत विद्यालयमा मतदान केन्द्र रहेको बुथ (क) मा ४ सय २४ महिला र ३ सय ३१ पुरुष गरी ७ सय ५५ र बुथ (ख) मा ३ सय ६० महिला र ३ सय ९९ पुरुष गरी ७ सय ५९ गरी जम्मा १ हजार ५ सय १४ मत खसेको छ । जम्मा मतदाता मध्ये ७०.७१ प्रतिशत मत खसेको मतदान अधिकृत कोईरालाले जानकारी दिनुभयो ।

वडामा कुल २ हजार १ सय ४१ मतदाता रहेकोमा ९ सय ४० महिला र १ हजार २ सय १ पुरुष मतदाता रहेका छन् । मतदान पश्चात मतपेटिका प्रहरीको सुरक्षामा मुख्य निर्वाचन अधिकृतको कार्यालय मै रहेको मतगणना स्थलमा राखिएको हो । मतदान शान्तिपूर्वक सम्पन्न गराउनका लागि सुरक्षालाई विशेष ध्यानमा राखिएको डिएसपी सन्तुलाल प्रसाद जयसवालले बताउनु भयो । ३ सय ५० सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनु भयो । त्यस्तै प्रमुख जिल्ला अधिकारि लालबाबु कवारी, एसपी नकुल पोखरेल र सशस्त्र प्रहरी बलका एसपी बिनोद केसी लगाएत जिल्लाका प्रमुख व्याक्तीले मतदान स्थलको अवलोकन तथा अनुगमन गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालय महोत्तरीका कार्यालय प्रमुख रंजिता झाले मतगणनाको लागि सर्वदलीय बैठक भइसकेको र आजै रातिबाट मतगणना सुरु हुने जानकारी दिनु भयो । उहाले प्रत्येक १ घन्टामा गणनाको नतीजा सार्वजनिक गरिने बताउनु भयो ।

Photo-20241201-Mahottari-1

Photo-20241201-Mahottari-4

Photo-20241201-Mahottari-3

इन्सेक रौतहट जिल्ला प्रतिनिधि गौरी न्यौपानेका अनुसार इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढिमाई नगरपालिका–८ को वडाध्यक्ष पदको लागि बिहान सात बजेदेखि सुरु भएको निर्वाचन शान्तपूर्ण वातावरणमा सम्पन्न भएको छ । गढिमाई नगरपालिका–८ मा २ हजार ७ सय ५१ जना मतदाताहरू रेहेका छन् । राजपुर नगरपालिका–६ मा २ हजार ५ सय ४६ र इशनाथ नगरपालिका–७ मा २ हजार ७ सय ७ जना मतदातहरू रहेका छन् ।

Photo-20241201-Rauthat-7

Photo-20241201-Rauthat-9

जिल्ला निर्वाचन कार्यालय गौरका प्रमुख छोटेलाल दासले ८ हजार ४ जना मतदाता मध्ये ५ हजार ८ सय ७३ जनाले मतदान गरेको जसमा २ हजार ८ सय २३ जना महिला र ३ हजार ५० जना पुरुषले मात्रै मतदान गरेको बताउनुभयो ।

गढिमाई नगरपालिका–८ मा २ हजार ७ सय ५१ मतदाता रहेकोमा २ हजार २ सय ३७ जनाले मत खसालेको छ । जसमध्ये १ हजार ६० जना महिला र १ हजार १ सय ७७ जना पुरुष रहेका छन् ।

राजपुर नगरपालिका–६ मा २ हजार ५ सय ४६ जना मतदाता रहेकोमा १ हजार ७ सय ६६ जनाले मतदान गरेका छन् । जसमा महिला ८ सय ६० जना महिला र पुरुष ९ सय ६ जना रहेका छन् ।

इशनाथ नगरपालिका–७ मा २ हजार ७ सय ७ जना मतदाता रहेकोमा १ हजार ८ सय ७० जनाले मतदान गरेका छन् । जसमा महिला ९ सय ३ र ९ सय ६७ जना पुरुषले मात्रै मतदान गरेका छन् ।

बिहान ७ः३० मा सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको र मतपेटिकाहरू सम्बन्धित वडाको निर्वाचन कार्यालयमा राखि ७ः३० बजेदेखि मतगणना सुरु गरिएको प्रमुख निर्वाचन अधिकृत न्यायाधीश मनोज केसीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताउनुभयो ।

Photo-20241201-Saptri-1


इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम